विश्वकप क्रिकेट : अफगानिस्तानमाथि न्युजिल्याण्डको सानदार जित « Khabarhub

विश्वकप क्रिकेट : अफगानिस्तानमाथि न्युजिल्याण्डको सानदार जित


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्ड शीर्षस्थानमा उक्लिएको छ । भारतको चेन्नईस्थित चिदम्बर क्रिकेट रंगशालामा गएराति सकिएको खेलमा अफगानिस्तानलाई १ सय ४९ रनले हराउँदै न्युजिल्याण्डले फराकिलो जित निकालेको हो ।

न्युजिल्याण्डले जितका लागि दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३४ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३९ रनमा समेटियो ।

अफगानिस्तानका रहमत शाहले ३६ रन बनाए । यस्तै, अजमतुल्लाह उमरजईले २७, इकरम अलिखिलले १९, इब्राहिम जर्दानले १४ र रहमानुल्लाह गुरबाजले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

न्युजिल्याण्डका मिचेल सेन्टनर र लाकी फर्गुसनले ३–३, ट्रेन्ट बोल्टले २ तथा माट हेनरी र रचिन रबिन्द्रले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ६ विकेटको क्षतीमा २ सय ८८ रन बनाएको थियो । न्युजिल्याण्डका टम लाथमले ६८ र विल योङ्गले ५४ रनको अर्धशतकीय इनिङ्स खेले ।

अफगानिस्तानका नाभिन अल हक र अजमतुल्लाह ओमरजाईले २–२ तथा रासिद खान र मुजिब उर रहमानले समान एक–एक विकेट लिए ।

जारी विश्वकपमा न्युजिल्याण्ड ४ खेलबाट ८ अंकका साथ शीर्ष स्थानमा छ भने २ अंक रहेको अफगानिस्तान अन्तिमबाट दोस्रोमा छ ।

 

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ६ : ४४ बजे

अशक्तलाई घरमै नागरिकता

काभ्रेपलाञ्चोक– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अशक्त एवं अपाङ्गता भएका व्यक्तिलाई घरमै

रास्वपा महाधिवेशन : निर्वाचनअघि हलभित्रै नाचगानमा मन्त्रीदेखि पदाधिकारीसम्म

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय

रूसले भन्यो : आणविक हतियारले मात्र विश्वलाई जोगाउन सक्छ

एजेन्सी– रूसले आणविक हतियारलाई विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने ‘एकमात्र’ माध्यमका

इरानी आणविक केन्द्रमा फेरि आईएईए निरीक्षण हुने संकेत

टोकियो– संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक

ताकम र शिवाङमा सडक कालोपत्र

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम र शिवाङमा पालिकामै पहिलोपटक सडक कालोपत्र