के हो पार्किन्सन्स, कसरी हुन्छ उपचार ? « Khabarhub

के हो पार्किन्सन्स, कसरी हुन्छ उपचार ?

पार्किन्सन्सको समस्या महिलामा भन्दा पुरुषमा बढी


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

पार्किन्सन्स हुँदा विस्तारै मस्तिष्कमा क्षति हुन्छ । पार्किन्सन्स रोगलाई पहिला बुढ्यौलीको रोग मानिन्थ्यो। तर, हिजोआज युवामा पनि यो समस्या देखिएको छ। शरीर काम्ने, हिँडडुल गर्न गाह्रो हुने र अन्ततः विस्मृति हुने जस्ता समस्या देखिन्छन्। पार्किन्सन्स एक खालको न्यूरोडिजेनेरेटिभ डिसअर्डर हो। जसको लक्षण विस्तारै र निकै समयपछि देखा पर्छ। यसले बिरामीको मोटर स्किल्समा असर पर्छ। किनभने यो रोगले केन्द्रीय स्नायु प्रणाली नै प्रभावित हुन्छ। यसलाई मुभमेन्ट डिस्अर्डर पनि भनिन्छ। यसै विषयमा आधारित रहेर खबरहबका लागि पार्किन्सन्स रोग विशेषज्ञ डा. रमेश कँडेलसँग गरिएको कुराकानीको सम्पादित अंश :

पार्किन्सन्स रोग भनेको के हो ?
यो विशेष गरी ज्येष्ठ नागरिकलाई लाग्ने रोग हो। यो रोग लागेपछि हिँडडुल गर्न गाह्रो हुने, काम गर्न असजिलो हुने गर्छ। कुनै व्यक्ति छोटोछोटो पाइला चाल्दै घोप्टो परेर हिँड्ने गर्छन् भने पार्किन्सन्स भएको हुनसक्छ। यो रोगले हाम्रो मस्तिष्कको मुभमेन्ट हिँडाइ कन्ट्रोल गर्ने सेन्टरलाई असर गर्छ। यो नशा सम्बन्धी रोग हो। शरीरमा हुने डोपामिन तत्त्वले मस्तिष्क हिँडाई कन्ट्रोल गर्ने सेन्टरमा काम गर्छ। विभिन्न कारणले यो तत्त्वको कमी हुँदै गएर हिँडाइमा असर हुन थाल्यो भने पार्किन्सन्स भएको मानिन्छ। पार्किन्सन्स विभिन्न खालका हुन्छन्। धेरैलाई इडियोप्याथिक पार्किन्सन्स हुन्छ। जुन ९० प्रतिशतमा देखिन्छ। अर्को पार्किन्सन्ससँगै सिन्ड्रोम हुन्छ। यो समस्या भयो भने डिमेन्सिया विथ लेवी बडी, मल्टिसिष्टम एट्रफी जस्ता विभिन्न रोग देखा पर्छन्। हामीले सुन्दा नयाँ रोग आएको जस्तो लाग्छ। ज्येष्ठ नागरिक भएपछि बिस्तारै हिँड्नु, हात काप्नु सामान्य हो भनिन्छ। यो भ्रम हो।

पार्किन्सन्स भएमा कस्ता लक्षण देखा पर्छन् ?
पार्किन्सन्स हुँदा हिँडडुल गर्न गाह्रो हुने, एकातिरको हात काप्ने, काम गर्न लागेपछि कम्पन कम हुने, हिँड्दा हिँड्दै लड्ने र हुत्तिने हुन्छ । कम्पन, कडापन, ढिलो चालढाल र असन्तुलित आसन हुन्छ । साथै शरीर लाटो हुने, चिन्ता तथा दिक्कदारी लाग्ने, ढिलो प्रतिक्रिया जनाउने, ¥याल आउने, पसिना आउने, घरीघरी पिसाब आउने हुन्छ ।

हामीले रोगको निदान गर्ने क्रममा बिरामीको लक्षण हेरेर, बिरामीको परिवारको सदस्यलाई बिरामीको बारेमा बुझेर, जाचँ गरेपछि मात्र पार्किन्सन्स हो वा होइन भनेर थाहा पाउन सक्छौँ। पार्किन्सन्स पूर्ण रुपमा निको नहुने रोग हो। यसलाई नियन्त्रण गर्न सकिन्छ।

यो के कारणले हुन्छ ?
पार्किन्सन्स हुँदा मस्तिष्कमा उपस्थित केही कोशिका बिस्तारै खराब हुन थाल्छन् या नष्ट हुनसक्छन् । न्युरोन्सहरुले हाम्रो मस्तिष्कमा डोपामाइन नामको रसायन उत्पन्न गर्छन् । डोपामाइनको स्तरमा आउने कमी असामान्य मस्तिष्कको गतिविधिका कारण बन्ने गर्छ । जसको परिणाम स्वरुप पार्किन्सन हुनसक्छ । यसको कारण डोपामिनको कमी हो। मानिसको ब्रेनमा सबटान्सिया नाएग्रा भन्ने सेल हुन्छ जसले डोपामिन भन्ने तत्त्व बनाउने काम गर्छ । तर जब यसले डोपामिन तत्त्व बनाउन सक्दैन वा कम बनाउन थाल्छ त्यसपछि व्यक्तिमा हिँडडुलमा समस्या देखिन थाल्छ ।

यो महिला पुरुष कसलाई धेरै हुन्छ ?
विश्वमा भएका विभिन्न अनुसन्धानले यो रोग महिलालाई भन्दा पुरुषलाई बढी देखिएको छ ।

यसको उपचारको प्रक्रिया कस्तो हुन्छ ?
नेपाल सरकारले ज्येष्ठ नागरिकको हकमा पार्किन्सन्स रोगको उपचारका लागि एक लाख रुपैयाँ बराबरको उपचार खर्च दिन्छ । पार्किन्सन्सको सुरुवाती अवस्थामा औषधिबाट उपचार हुन्छ। औषधि खाँदा साइड इफेक्ट बढी हुन्छ। दिमागमा पनि पेसमेकर राख्न सकिन्छ। यसलाई डिप ब्रेन स्टुमिलेसन भनिन्छ। तर कसैलाई पार्किन्सन्स भयो भन्दैमा आत्तिनु पर्दैन उपचार सम्भव छ।

यो डिप ब्रेन स्टुमिलेसन एक पटक राखेपछि कति समय काम गर्छ ?
डिप ब्रेन स्टुमिलेसन एक पटक राखेपछि १० देखि १५ वर्षसम्म हुन्छ। विभिन्न मेकानिज्महरु हुन्छन्। त्यही हिसाबले चेन्ज गर्नुपर्ने हुन्छ। विदेशमा धेरै प्रयोग भए पनि नेपालमा त्यति विकास भएको छैन। एक दुई वटा काम न्युरोलोजिकल इस्टिच्यूटले सुरु गरेका छन् । तर, यो सुरुको अवस्थाको उपचार होइन। यदि औषधिले काम गरेको छैन भने यो राख्न सकिन्छ।

पार्किन्सन्सका बिरामीलाई कसरी ख्याल गर्ने ?
पार्किन्सन्सका बिरामीहरूलाई डाक्टरको साथै घर परिवारको पनि सहयोग चाहिन्छ। घर परिवारले कुन बेला औषधि खाने, कुन बेला शारीरिक व्यायाम गर्ने जस्ता कुराहरूको रुटिन बनाइदिनुपर्छ । डाक्टरले भनेको अनुसार मात्रै औषधिको सेवन गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ७ : १४ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको