धार्मिक सद्भाव र सामाजिक सहकार्य कायम गरौँ : नेता पौडेल « Khabarhub

धार्मिक सद्भाव र सामाजिक सहकार्य कायम गरौँ : नेता पौडेल


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– नेकपा (माओवादी केन्द्र)का सचिव तथा गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले धार्मिक सद्भाव र सामाजिक सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । उक्त पार्टीको बेनी नगर कमिटीले दसैँ तिहारलगायत चाडपर्वको अवसरमा आज बेनीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले धार्मिक र सामाजिक सद्भाव खलबल्याउने तत्त्वप्रति सचेत रहनुपर्ने बताए । 

‘मिलेर बसेको समाजमा सामाजिक सञ्जाल दुरुपयोग गरेर धार्मिक र सामाजिक सद्भाव खलबल्याउने गतिविधिप्रति हामी सबै सचेत हुनुपर्छ,’ नेता पौडेलले भने ‘सद्भाव खलबलाउने, व्यवस्थाप्रति भ्रम पैदा गराउने र देशलाई अधोगतितर्फ लैजाने गतिविधिलाई निरुत्साहित गर्न धार्मिक सद्भाव र सामाजिक सहकार्य हुनुपर्छ ।’ 

सेवाप्रवाह र विकासका विषयमा नागरिकले उठाउने प्रश्नलाई राजनीतिज्ञ र प्रशासकले सचेतरूपमा लिनुपर्ने बताउँदै उनले अहिलेको व्यवस्थाबाट पछि फर्कने अवस्था नरहेको स्पष्ट पारे। नेता पौडेलले भने, ‘राज्यप्रति विश्वास दिलाउन सबै सरकारी निकाय पारदर्शी, निष्पक्ष र जनताप्रति केन्द्रित हुनुपर्छ ।’

सोही पार्टीका जिल्ला इन्चार्ज गुप्तबहादुर हमालले चाडपर्वलाई धार्मिक सद्भाव र सहकार्य गर्ने अवसरका रुपमा प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याए । 

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा र बेनी नगरपालिकाका प्रमुख सुरत केसीले स्थानीय राजनीतिक दल र प्रशासनिक निकाय विकासको मुद्दामा एकताबद्ध रहेका छन् भने। प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले चाडपर्वलाई सुरक्षित, मर्यादित, मौलिक र सांस्कृतिक हिसाबले मनाउनुपर्ने मनाउनुपर्नेमा जोड दिए। 

नेकपाका म्याग्दी जिल्ला इन्चार्ज उषा घर्ती घिमिरेले म्याग्दीको विकासका लागि राजनीतिक दलहरूबीच सहकार्य र साझा धारणा बनाउनुपर्छ भने । माओवादी केन्द्रको बेनी नगर कमिटी अध्यक्ष शेरबहादुर केसीले नगरपालिकाको विकास, सामाजिक तथा आर्थिक मुद्दाको साझा धारणा र सहकार्यको वातावरण बनाउ चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गगरिएको बताए ।  

कार्यक्रममा गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री सुशीला सिम्खडा, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, संविधानसभा सदस्य गोविन्द पौडेल, प्रदेश सांसद हरिबहादुर भण्डारी, पूर्वसांसद हरिराज अधिकारी, गायत्री गुरुङ, विनोद केसीलगायतको उपस्थिति थियो । 

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  १२ : १४ बजे

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको

युनेस्कोको विश्व सम्पदा सूचीमा रहेका इरानका ऐतिहासिक स्थलमा बमबारी, १५ मजदुरको मृत्यु

तेहरान – इरानको केन्द्रीय सहर इस्फाहानस्थित एक औद्योगिक क्षेत्रमा शनिबार

बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

महोत्तरी– महोत्तरीको बर्दिवास नगरपालिकाका चारवटा वडामा खानेपानीको पहुच पुगेको छ

ओली निवास पुगेर माधव नेपालले दिए समवेदना

काठमाडौँ – नेकपा सहसंयोजक पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष

ट्याक्टरको ठक्करबाट मृत्यु

सुनसरी– सुनसरीको हरिनगर गाउँपालिका–१ मा भएको सवारी दुर्घटनामा एक जनाको