नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको एकलाख १३ हजार ७०० रुपैयाँ « Khabarhub

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको एकलाख १३ हजार ७०० रुपैयाँ


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउले आज नयाँ रेकर्ड बनाउँदै छापावाल सुन प्रतितोला १ लाखा १३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँ कायम भएको छ ।

यसअघि साउन ४ गते, सुनको भाउ सबैभन्दा उच्च दरमा खरिदबिक्री भएको थियो । त्यस दिन सुन प्रतितोला एक लाख १३ हजार ६०० रुपैयाँ पुगेको थियो । 

हिजो पनि सुनको भाउमा भारी वृद्धि भएको थियो । हिजो सुन तोलामा एक हजार ३०० रुपैयाँले बढ्दा प्रतितोला एक लाख १३ हजार २०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने सस्तिएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  १२ : १८ बजे

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान, उत्कृष्ट माविलाई ५० लाखसम्म पुरस्कार

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको