भोजपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण सम्पन्न  « Khabarhub

भोजपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण सम्पन्न 


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

टक्सार– भोजपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गरिएको छ । निर्माण कार्य पूरा भएसँगै जिल्ला समन्वय समितिलाई चाबी  हस्तान्तरण गरिएको छ ।

सहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाका इन्जिनियर शिवकुमार शाहले जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईलाई बुधबार रङ्गशालाको चाबी हस्तान्तरण गरेका हुन् । रङ्गशालाको चाबी बुझदै प्रमुख राईले भने, ‘खेल मैदान नहुँदा खेलाडीमा निराशा छाएको थियो, अब रङ्गशाला बनेको छ, यसको संरक्षण र सम्वर्द्धन गर्दे ठूला प्रतियोगितासमेत सञ्चालन गर्न सकिन्छ ।’ रङ्गशालाको संरक्षणका लागि कार्यालयले सम्बन्धित निकायसँग समन्वय गर्ने बताए । 

तत्कालीन जिल्ला विकास समितिले रङ्गशाला निर्माणका लागि २०६४ सालमा जग्गा खरिद गरेको थियो । सहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाले हेर्ने गरी प्रदेश सरकारको १४ करोड लगानीमा रङ्गशाला निर्माण भएको हो । रङ्गशालाको निर्माणको जिम्मा रायमाझी मार्सेली निर्माण जेभीले पाएको थियो । सुविधा सम्पन्न रङ्गशाला बनेपछि स्वामित्व कसले लिएर सञ्चालन गर्ने भन्ने समस्या पनि समाधान भएकाले अब खेलकुद प्रतियोगिता सञ्चालन गर्न पाइने भोजपुर जिल्ला फुटबल सङ्घका महासचिव तुफान किरातले बताए । 

उनले भने, ‘प्रदेश सरकारको लगानीमा बनेको रङ्गशाला प्रयोगमा ल्याउने विषयमा टुङ्गो लाग्न सकेको थिएन, सम्बन्धित कार्यालयले निर्माण पश्चात समन्वय समितिलाई स्वामित्व हस्तान्तरण गरेको छ, प्रतियोगिता सञ्चालनका लागि अब सहज भयो ।’

करिब पाँच हजार दर्शक अट्ने क्षमताको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणले भोजपुरवासी तथा खेलाडीमा उत्साह जगाएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए। उनले निर्माण कार्य सकिएर चाबीसमेत हस्तान्तरण भएकाले सानो मैदानमा खेलकुद प्रतियोगिता गराउनुपर्ने बाध्यताको समेत अन्त्य भएको बताए ।

सुविधासम्पन्न रङ्गशालाको अभावमा सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा प्रतियोगिता सञ्चालन गर्नुपर्ने बाध्यता रहँदै आएको थियो । नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल अल्ट्रा धाविका मीरा राई, ब्याडमिन्टन खेलाडी विकास श्रेष्ठ, नक्सलदेवी तामाङ, सरादेवी तामाङलगायत विभिन्न खेलका खेलाडी भोजपुरबाट उत्पादन भएका थिए । 

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  १२ : २५ बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल