युरिक एसिडको असर जोर्नीदेखि शरीरका भित्री अंगसम्म | Khabarhub Khabarhub

युरिक एसिडको असर जोर्नीदेखि शरीरका भित्री अंगसम्म

रातो मासु र मादक पदार्थ युरिक एसिडका लागि घातक


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

दसैँ लागेसँगै काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा चिसो बढ्दै गएको छ। जाडो मौसम सुरु भएसँगै विभिन्न रोगको असर देखिन थाल्छ। नेपालमा १० लाखभन्दा बढी बाथ रोगी भएको अनुमान गरिन्छ। बाथ रोगका प्रकारअनुसार यसको जोखिम फरक–फरक भए पनि पीडित उपचार गर्न अस्पताल नै पुग्दैनन्। बाथलाई सामान्य रोग ठानेर उपचारमा लापरबाही गर्दा रोगीको आयु घट्ने चिकित्सकले बताएका छन्। मासु तथा जोर्नी र तन्तुको दुखाइलाई बाथ रोग भनिन्छ। नसर्ने र दीर्घ रोग प्रकृतिको बाथलाई ‘अटोइम्युन डिजिज’ अर्थात् रोग प्रतिरोधात्मक शक्ति कमजोर बनाउने रोगसमेत भनिन्छ। बाथ रोग युरिक एसिडको मात्र समस्या हो भन्ने धेरै मानिसको बुझाइ छ। तर यो मात्र सत्य कुरा भने होइन। धेरै किसिमको बाथ रोगमध्ये युरिक एसिड पनि एउटा समस्या हो। युरिक एसिडले जोर्नीलाई मात्र नभई शरीरका भित्री अङ्गमासमेत असर पारेको हुन्छ। युरिक एसिडले कलेजोमा बोसो जमाउन सक्छ। यसै विषयमा आधारित रहेर खबरहबका लागि बाथ रोग विशेषज्ञ डा. विनय रेग्मीसँग गरिएको कुराकानीको सम्पादित अंश :

बाथ रोगलाई हामीले कसरी बुझ्ने ?
साधरणतया बाथ भनेको युरिक एसिड भएकोलाई भन्छौं। तर युरिक एसिड हुने एउटा कारण हुन्छ। बाथ रोग हुने सयौँ कारण हुन्छन्। जसले जोर्नी दुखाउने गर्दछ। बाथ रोग भनेको हाम्रो रोग निरोधक शक्तिले हामीलाई बचाउनु पर्नेमा कुनै कारण बस आफै अंगहरूमा असर गर्दै गयो भने बाथ रोग हो। यो खानपानले भन्दा पनि धुलो, धुवाँ र वंशाणुगत कारणले पनि हुने गर्दछ। चिसो वातावरणमा हाम्रो हातखुट्टामा रगत राम्रोसँग सञ्चार हुँदैन र चिसोमा रुघाखोकी लगायतका इन्फेक्सन हुन्छन् र इन्सफेक्सन हुँदा रोग प्रतिरोधी शक्ति घढ्छ। त्यसले आफ्नै शरीरका अंगहरूलाई असर गर्न थाल्छ। त्यो कारणले चिसो मौसममा बाथका लक्षण बढी देखिएको छ। चिसोमा मात्र नभई चुरोटको धुवाँमा नबस्ने दाँत किराले खाएको छ भने जाँच गरिहाल्नुपर्छ। किचनमा काम धेरै गर्ने हुँदा महिलामा यो समस्या बढी देखिन्छ।

सबैलाई बाथको लक्षण एउटै हुन्छ ?
बिहान उठ्दा समस्या छ वा सुतेपछि दुख्ने र आराम गरेपछि दुख्ने कम हुँदै सजिलो हुन्छ भने बाथ हुनसक्छ। राति, बिहान र चिसोमा गाह्रो हुन्छ भने बाथ हो भनेर बुझ्नु पर्दछ। समग्रमा सबै बाथमा जोर्नी मांसपेशीहरू दुख्ने हुन्छ, कसैको मिर्गौला फेल भएर पिसाबको प्रोटिन जान्छ। कम उमेरमा नै कसैकसैको टिभीको उपचार नभएरपछि जाँच गर्दा बाथ पत्ता लाग्छ। तर प्रमुख लक्षण भनेको जोर्नीहरू नै दुख्ने हुन्छ। लामो समय ज्वरो आउने पनि बाथ हुनसक्छ। त्यसैले लामो समयसम्म ज्वरो आयो भने पनि बाथ रोग सम्बन्धित डाक्टरलाई भेट्नुपर्दछ। मसल काठ जस्तो साह्रो हुँदै जाने हुन्छ। कसैलाई धेरै टाउका दुख्यो र आँखाको ज्योती गयो भने पनि बाथ हुनसक्छ। रगतको नशामा इन्फेक्सन भयो भने त्यसलाई भास्कुलाइटिस भनिन्छ। त्यस्तोमा अचानक हात खुट्टा निलो भएर काटेर फाल्नु पर्ने हुनसक्छ। बाथ भनेको आउट इम्युन डिजिज हो। हाम्रो शरीरमा भएको रोग प्रतिरोधात्मक शक्तिमा गडबड भएपछि यसको असर देखिन्छ।

बाथ रोग के कारणले हुन्छ ?
धेरै जसो बाथमा वंशाणुगत कारण हुन्छ। गठिया बाथ, युरिक एसिड बाथ, ढाडको बाथ बढी देखिन्छ। यस्तोमा धेरै वंशाणुगत कारणले देखा पर्दछ। रोगसँग लड्नुपर्ने हो। त्यो नभएर आफ्नै शरीरका अंगमा असर गर्दछ। रोगको हिसाबले युरिक एसिड, महिलामा बढी हुने हुन्छ। कसैले मासुको बाथ वा नशाको बाथ पनि भन्छन्। ढाँडको बाथमा ढाँड दुख्ने हुन्छ। राति सुतेको बेला धेरै दुख्ने र बिहान कक्रक्क भए दुख्ने हुन्छ। बूढाबूढीको ढाँड दुखाइ र यो ढाँड दुखाईमा फरक छ। बूढाबूढीको ढाँड दुखाइ राति कम हुन्छ। तर ढाँडको बाथमा आराम गर्दा झन् बल्झिने हुन्छ। मुख सुख्खा हुने, घाउ आउने, आँखा सुख्खा हुने, तारन्तार गर्भ नरहने हुन्छ। अझ भएको गर्भ पनि १० हप्ता भएपछि खस्दै जाने हुन्छ। नशामा रगत जमेर निलो हुने हुन्छ।

बाथ र दाँतको कस्तो सम्बन्ध छ ?
बाथ रोगमा गठिया बाथ जसले हाम्रो आँखा र मुख सुख्खा बनाउने हुन्छ। र दाँतको इनामेललाई सुकाउँछ। किराले खाएर कालो नै हुनु पर्दैन। दाँतको तल क्याल्सियम बढ्छ। त्यो शरीर भित्र छिरेपछि शरीरमा असर गर्दछ।

यसलाई रोकथाम गर्न सकिन्छ त ?
बाथमा सेकेन्डरी कारणले रोकथाम गरिन्छ। यो लाग्नै नदिने भन्ने हुँदैन। तर यसलाई रोकथाम गर्न सकिन्छ। औषधिहरू खान सकिन्छ। कति बाथको रोगहरूले निमोनिया भएर आयु कम हुने हुनसक्छ। त्यसलाई रोक्न भने सकिन्छ।

बाथ महिलामा बढी हुने कुरा सत्य हो ?
युरिक एसिड र ढाडको बाथ पुरुषमा हुन्छ। बाँकी बाथहरू महिलाहरूमा धेरै हुन्छ। हर्मनको कारणले पनि यस्तो हुन्छ। हर्मन इम्ब्यालेन्स हुँदा गर्भवतीमा बढी हुन्छ।

अस्पतालमा यसको उपचार कसरी गरिन्छ ?
अहिले बाथ रोग सुरुमा पत्ता लगाउने पद्धति र औषधिहरू धेरै छन्। दुखेर मात्र आउने को भोलि भित्री अङ्गमा असर गर्छ कि भनेर हेर्ने प्रविधिमा पनि हुन्छ। त्यस्तो प्रविधिहरूले पहिला नै पहिचान हुन्छ। पहिचान नभएर मिर्गौलामा असर गरेको डाढ बाँगिसकेको, घुँडा फेर्नु पर्ने अवस्था आयो भने मंहगो औषधि चलाउनु पर्दछ।

बाथबाट बच्न कस्तो खानपान गर्ने ?
चुरोटको धुवाँमा बस्नु हुँदैन। यो धेरै हानिकारक हुन्छ। चुरोट खानेहरूलाई त औषधि नै नलाग्ने हुन्छ। चिसोमा बस्नु हुँदैन। धेरैको धारण युरिक एसिड भएकोले गेडागुडी खानु हुँदैन भन्ने छ तर खानु हुन्छ। रातो मासु र अल्कोहलहरू चाँहि खानु हुँदैन।

बाथ रोकको रोकथाम कसरी गर्ने त ?
सबै भन्दा पहिला त बाथ रोग हुने कारण खोज्नुपर्छ, यदि बाथ रोग वंशाणुगत रूपमा छ भने त्यो अरूलाई पनि हुनसक्छ। त्यसैले कति बेला हुन्छ र कसलाई हुन्छ भन्ने थाहा हुँदैन। त्यसकारण रोकथामको लागि आहार बिहार, मादक पदार्थ नखाने, फोहोरमैलामा नजाने, कुनै बाथ घाममा बस्दा पनि बढी दुख्ने हुन्छ। त्यसैले घाममा नबस्ने गर्नुपर्छ। युरिक एसिड छ भने धेरै खसीको मासु खानु हुँदैन। पानी प्रशस्त मात्रामा पिउनुपर्छ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ७ : १४ बजे

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

दीपेश पुनको सहयोगमा जितेका थिए जीबी राईले सम्बन्धविच्छेदको मुद्दा

काठमाडौं – विभिन्न सहकारीमा बचतकर्ताको रकम अपचलन गरी फरार भएका

म्यान्मामा बाढीका कारण २९३ जनाको मृत्यु, ८९ जना बेपत्ता

एजेन्सी– म्यान्मामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २९३ पुग्नुका साथै

अमेरिकामा संविधान दिवस मनाइयो

टेक्सस– अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान

सहकारीमा बम्जन परिवारको जालो

काठमाडौं– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष