स्थानीयबासीले नै बनाए सडक, सम्मान पाउने भएपछि जुट्यो पैसा « Khabarhub

स्थानीयबासीले नै बनाए सडक, सम्मान पाउने भएपछि जुट्यो पैसा


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–स्थानीयबासी आफ्नो गाउँको विकासका लागि आफैं जुटेको खबर गोरखापत्र दैनिकले मुख्य समाचारका रुपमा छापेको छ । खोटाङमा निर्माण भएको होलेसुङ–जनकराज राई सडक निर्माणका लागि जनकराज राई एक्लैले झण्डै २७ लाख रुपैयाँ बराबरको आर्थिक योगदान गरेका छन् । उनीजस्तै धेरैले सडक निर्माणका लागि आर्थिक संकलन गर्दै आफू हिँड्ने सडक आफैं बनाउन जुटेका हुन् ।

समायोजनको बाटो खुल्यो शीर्षको समाचारमा प्रतिनिधिसभाको शुक्रबारको बैठकले कर्मचारी विधेयक पारित गरेसँगै कर्मचारी समायोजनको बाटो खुलेको उल्लेख गरिएको छ । विधेयक राष्ट्रियसभाबाट पनि यही फागुन १० गतेभित्रमा पारित भई प्रमाणीकरण हुनुपर्ने छ। विधेयक पारित भएपछि ढिलामा १४ दिनभित्र संसद सेवाका कर्मचारीको समायोजना सकिन्छ ।

त्यस्तै ‘समुन्द्रको छालजस्तै काम अघि बढेको छ’ शीर्षकको समाचारमा सरकारले गरेको एक वर्षको काम र प्रधानमन्त्रीले सरकारको एक वर्षको कामको समीक्षा गर्दै दिएको मन्तव्यलाई समेटिएको छ । प्रधानमन्त्रीले सम्बोधनका क्रममा ‘घरको जग बनाउँदै गरेका छौं, छानो छाएपछि थाहा पाउनुहुनेछ सरकारले के गरेको रहेछ,’ भनेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ७ : २८ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको