बाँकेमा मृत भेटिएको बाघको शवपरीक्षण | Khabarhub Khabarhub

बाँकेमा मृत भेटिएको बाघको शवपरीक्षण


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

जानकी– बाँकेको एक सामुदायिक वनमा मृतावस्थामा भेटिएको पाटेबाघको शवपरीक्षण रिपोर्ट आएको छ । डिभिजन वन कार्यालय बाँकेका मुद्दा फाँट अधिकृत रमेश बुढाथोकीका अनुसार २२ दिनपछि बिहीबार पाटेबाघको शवपरीक्षण रिपोर्ट आएको हो । 

भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र नेपालगञ्जका पशु चिकित्सक डा शारदा श्रेष्ठका अनुसार उक्त पाटेबाघको परीक्षण रिपोर्टमा आन्तरिक करङमा चोटपटक लागेको, लामो समयदेखि भोको भएको र निमोनियाको संकेत देखिएको छ ।  

बाघले कुनै पनि विषादी सेवन नगरेको रिपोर्टमा उल्लेख भएको पशु चिकित्सक डा श्रेष्ठले जानकारी दिए। ‘उक्त बाघलाई कसैले विषादी सेवन गराएर मारेको हो कि भन्ने आशंकामा शवपरीक्षण गरिएको थियो, तर परीक्षणमा बाघको मृत्यु मानिसले मारेको नभई आफ्नै केही रोग र भोकका कारणले मरेको देखिएको छ’, डा श्रेष्ठले भने। 

जङ्गलमा पानीको खाडल नजिक शरीरको पेटको भागमा केही माटो लागेको, शरीरको कुनै पनि भागमा घाउचोट नदेखिएको, झट्ट हेर्दा वृद्ध तथा पेट भोकोजस्तो देखिने, मुखमा तथा अगाडितर्फको खुट्टामा अन्य घरपालुवा जनावरको रगत लागेको मृतावस्थामा फेला परेको जनाइएको छ । 

मुद्दा फाँट अधिकृत रमेश बुढाथोकीका अनुसार बाघको मृत शरीरबाट नमूनाहरू संकलन गरेर परीक्षण गरिएको थियो । संकलन गरिएका नमूनाहरूको नेपाल प्रहरीको नेपालगञ्जमा रहेको विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको बुढाथोकीले जानकारी दिए।

गत असोज १० गते बाँकेको राप्तीसोनारी–२ मदुईस्थित अशोक सामुदायिक वनक्षेत्रको घाटगद्दी स्थानमा उक्त पाटेबाघ बेवारिसे अवस्थामा मृत भेटिएको थियो । 

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  १ : ०८ बजे

महाधिवेशन मिति तोक्न कांग्रेसका २५ केन्द्रीय सदस्यले दर्ता गराए पत्र

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले चुनाव अगाडि

सुदूरपश्चिमको पैँतीस हेक्टर क्षेत्रफलमा जडीबुटीखेती विस्तार

गोदावरी– सुदूरपश्चिम प्रदेशमा ३५ हेक्टर क्षेत्रफलमा जडीबुटीखेती विस्तार गरिएको छ

अर्थतन्त्र पुनर्जीवनका लागि नीति, सहकार्य र सुधारको खाका

नेपाल राष्ट्र बैंकका हरेक पहलकदमीहरूको पछाडि सदैव दृढतापूर्वक सिबिफिन उभिएको

चन्द्रागिरिमा स्वास्थ्य स्वयंसेविकाको भत्ता र खाजा खर्च तीन हजार ५००

काठमाडौं– चन्द्रागिरि नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको खाजा खर्च र भत्ता

मुस्ताङमा तीन पालिकाका हिउँचितुवा पीडितलाई राहत वितरण

मुस्ताङ– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका