तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कार्त्तिक १८ गतेदेखि काठमाडौंमा हुने « Khabarhub

तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कार्त्तिक १८ गतेदेखि काठमाडौंमा हुने


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कार्त्तिक १८ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ ।

वीर गणेशमान सिंह फउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता कात्तिक १८ गतेदेखि २५ गतेसम्म हुने जानकारी गराएको हो ।

प्रतियोगितामा सिनियर, भेट्रान र जुनियरमा गरी जम्मा २३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक कमिटीका संयोजक सञ्जिव तुलाधरले जानकारी दिए । सिनियरमा ४, भेट्रानमा ७ र जुनियरका १२ स्पर्धामा खेल हुनेछ ।

सिनियर र भेट्रानमा गरी जम्मा ९ लाख ५ हजार नगद पुरस्कार रहेको आयोजकले जनाएका छ । गत संस्करण भन्दा पुरस्कार राशीमा २ लाख ५ हजार वृद्धि गरिएको छ । जुनियरमा भने प्रोत्साहन स्वरुप गिफ्ट ह्याम्पर प्रदान गरिने गणेशमान सिंह फाउन्डेसनका बोर्ड सदस्य भाष्करमान सिंहले जानकारी दिए ।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने बताइएको छ । आठ दिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  २ : ५३ बजे

यस्तो छ रमेश लेखकले आयोगमा दिएको ६ पृष्ठको लिखित बयान

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

गाजामा आँधीका कारण जनजीवन जोखिममा, उद्धार कार्य प्रभावित

एजेन्सी– गाजा क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण एक बालक र

जाँचबुझ आयोगमा बयान दिएर बाहिरिए लेखक, पत्रकार सम्मेलन गर्दै

काठमाण्डौं – गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

आन्तरिक राजस्व कार्यालय खैरहनीको काम पालिकाबाट

चितवन– आन्तरिक राजस्व कार्यालय खैरहनीबाट हुँदै आएका काम स्थानीय तहलाई

रैथाने उत्पादन र मह प्रवर्द्धनमा रत्ननगर महोत्सव

नारायणगढ– रैथाने संस्कृति, परम्परागत स्वाद र महको महत्वलाई उजागर गर्ने