मुक्तक « Khabarhub

मुक्तक


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

मुक्तक–१
घरी दीन आउँछ घरी रात आउँछ, मलाई रुवाउन आउँछ ।
धौधौ बुनेको त्यही सानो सपना तुहाउन आउँछ।।

त्यो खुशी नाचिरहेछ नजिकै मलाई बैँस देखाएर ।
भाग्यमै छैन र त पो आँसुको दहमा नुहाउन आउँछ।। 

मुक्तक–२
थाहा छ म सोझो हुँदा तिमी जाल बनी आयौ ।
सहारा दिएँ र त तिमी काल बनी आयौ ।।

गलपासो रेटिँदा मेरो घाँटीमा पीडैपीडाको ।
बर्बादीको नाटक गर्न तिमी कंगाल बनेर आयौ ।।

मुक्तक–३
सबै मुग्लान पस्नै पर्ने, यो कस्तो देश बनायौ ।
चोर, साधु मिलि खाने यो कस्तो मेस बनायौ ।।

दिनदहाडै तस्करले देश लुट्छन् नेताले जनता लुट्छन् ।
बदनामको आवरणको यो कस्तो अवशेष बनायौ ।। 

मुक्तक–४
अँधेरीमा पर्खेर तिमीलाई यो तन गलेको छ ।
दियौ र त झुठो आस यो मन जलेको छ ।।

के भुल थियो र मेरो घरी सुल बनी घोचिरहन्छेउ ।
सुकाइ सारा बर्बाद बनायौ भएको बन जलेको छ।।

मुक्तक– ५

बिसाउने चौतारी नहुँदा ओरालिँदै झरेँ।
नेपाल फर्कन पाइनँ आमा इजरायलमै मरेँ।।
पल पल मन जल्छ सपनीमा सकियो केही रहेन ।
बिर्सन सकिन तिमीलाई आमा आँसुमै रुँदै मरेँ।।

चित्र थापा
भगवतीमाइ गाउँपालिका–७, दैलेख

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ७ : ५१ बजे

दुई दशकदेखि तरकारीको बेर्ना उत्पादनमा राजकुमार

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका राजकुमार राना दुई दशकदेखि तरकारीको

दीपावली र छठ : परम्परागत पुर्ख्यौली सीपबाट आर्जनको अवसर

महोत्तरी– मधेसको मिथिला क्षेत्र अहिले दीपावली र छठ पर्वको उमङ्गमा

उत्पादन बढेपछि फूलको मूल्य घट्यो

सुनसरी– यस वर्ष तिहार केही ढिला परेको र मौसम अनुकूल

भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग

रसुवा– भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना बितिसक्दा

महाकवि देवकोटाको जन्मजयन्तीमा दुई जना सम्मानित

काठमाडौँ– महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा वरिष्ठ साहित्यकार एवं