आइपियुमा भाग लिन अध्यक्ष तिमिल्सिना नेतृत्वको टोली अङ्गोला जाँदै « Khabarhub

आइपियुमा भाग लिन अध्यक्ष तिमिल्सिना नेतृत्वको टोली अङ्गोला जाँदै


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अफ्रिकी मुलुक अङ्गोलाको लुवान्डामा यही कात्तिक ६ देखि १० गतेसम्म आयोजना हुने अन्तर व्यवस्थापिका सङ्घ (आइपियु) को १४७ औँ महासभामा भाग लिने नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति त्यसतर्फ प्रस्थान गर्दै छन् ।

महासभामा अध्यक्ष तिमिल्सिनाले नेपालको सङ्घीय संसद्का तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले बताए । प्रतिनिधिमण्डलमा राष्ट्रियसभाका सदस्यद्वय जीतेन्द्रनारायण देव र कुमार दसौँदी, प्रतिनिधिसभाका सदस्य रुपासोसी चौधरी र सन्तोष परियार सङ्घीय संसद्का महासचिव भरतराज गौतम, सहसचिव बबिता मिश्र, उपसचिव त्रिविक्रम पराजुलीलगायत छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ८ : ३४ बजे

कृष्णभीरमा ट्रयाक खोल्न थालियो

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्रयाक खोल्ने काम आज

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक