मल्लकालीन संस्कृतिलाई निरन्तरता दिँदै कोटभैरवमा भित्र्याइयो फूलपाती | Khabarhub Khabarhub

मल्लकालीन संस्कृतिलाई निरन्तरता दिँदै कोटभैरवमा भित्र्याइयो फूलपाती


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

गण्डकी – पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित कोटभैरव मन्दिरको कोतघरमा मल्लकालीन संस्कृतिलाई निरन्तरता दिँदै आज फूलपाती भित्र्याइएको छ ।

प्राचीन परम्पराअनुसार मन्दिर आसपासका बस्ती बरमाझथर, बरपौवा, बरधारापानीलगायतका गाउँबाट फूलपाती सङ्कलन गर्ने संस्कृतिको निरन्तरताका लागि मगर समुदायका दुुई जनालाई फूलपातेका रुपमा परिचालन गरिएको कोटभैरव मन्दिर संरक्षण समितिका सचिव कमलप्रसाद पौडेलले जानकारी दिए।

सङ्कलन गरिएका फूलका डोलीलाई मन्दिर परिसरको केही तलस्थित मैदानमा विशेष पूजाआजा गरी बाजागाजाका साथ कोतघरमा पुु¥याइएको उनले बताए। यसरी फूलपाती भित्र्याउँदा समाज एवं राष्ट्रको कल्याण हुने जनविश्वास छ ।

मल्लकालीन समयदेखि अस्तित्वमा रहेको कोटभैरव मन्दिरमा तत्कालीन समयदेखि नै प्रत्येक वर्षको दुुर्गा पक्षमा घटस्थापना गरी फूलपाती भित्र्याउने, महाअष्टमी, कालरात्रि, महानवमी विशेष पूजाका साथै विजयादशमीका दिन सामूहिक टीकाप्रसाद लगाउने प्रचलन छ ।

घटस्थापनादेखि विजयादशमीसम्म मन्दिरमा मगर पुजारीले नियमित सरसफाइ तथा पूजाका साथै अन्य नियमित पूजाआजा र ब्राम्हण पुजारीले दुुर्गा सप्तशती पाठ गर्दछन् ।

कोटभैरवको दर्शन गरेमा मनले चिताएको पुुग्ने विश्वासका कारण कास्की, तनहुँ र स्याङ्जा आसपासका स्थानबाट ठूलो सङ्ख्यामा दर्शनार्थी कोटभैरव आउने गरेका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ८ : ४२ बजे

लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा

ताप्लेजुङ–  ताप्लेजुङका ६  स्थानीय तहमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको

गाउँ चिन्ने, पसिना बुझ्ने मौद्रिक नीति अपरिहार्य

नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष प्रस्तुत गर्ने मौद्रिक नीति राष्ट्रिय

नेपालको प्रशासनमा आधुनिक शक्ति कहिल्यै माथि आउन सकेन

आजभन्दा १५–२० वर्ष अगाडि र अहिले पनि नेपालको प्राथमिक बाधक

बागमती प्रदेशसभा बैठक बस्दै

बागमती– बागमती प्रदेशसभा बैठक आज (सोमबार) बस्दैछ । बैठकमा बागमती

टीकापुर नगरपालिकामा प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइँदै

कैलाली-  कैलालीकाे टीकापुर नगरपालिकाले आगामी साउन १ गतेदेखि प्लास्टिकका झोलाको