गगनयान परीक्षण उडान भारतका लागि कोसेढुङ्गा– इसरो | Khabarhub Khabarhub

गगनयान परीक्षण उडान भारतका लागि कोसेढुङ्गा– इसरो


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इसरोका पूर्वप्रमुख जी माधवन नायरले शनिबार भारतीय अन्तरिक्ष एजेन्सीको मानवरहित परीक्षण उडान ‘मिसन गगनयान’ को सफल प्रक्षेपण निकट भविष्यमा मानवलाई अन्तरिक्षमा पठाउने भारतको कार्यक्रमका लागि ‘कोसेढुङ्गा’ भएको बताएका छन् ।

“इसरोको टिभी–डी १ मिसन आज सफलतापूर्वक पूरा भएको सुनेर मलाई अत्यन्त खुसी लागेको छ”, उनले भने।

आजको परीक्षण उडान (टेस्ट भेहिकल डी१ मिसन) यसको क्रु मोड्युलको आपत्कालीन सुरक्षा प्रणालीको परीक्षण गर्नका लागि गरिएको थियो । यो थ्रस्टरबाट अलग भयो र प्रक्षेपणको करिब १० मिनेटपछि समुद्रमा सफल अवतरण भयो ।

टिभी डी१ मिसन बिहान ८ः४५ बजे इन्जिन इग्निसनको समस्या भएपछि आजै बिहान १० बजे दोस्रो प्रयासमा प्रक्षेपण गरिएको हो । सुरुमा यसलाई बिहान ८ बजे प्रक्षेपण स्थलबाट प्रक्षेपण गर्ने तय गरिएको थियो जसलाई परिवर्तन गरेर बिहान ८ः४५ बजे र पछि बिहान १० बजे प्रक्षेपण गर्ने समय मिलाइएको थियो ।

इसरोका पूर्वप्रमुख नायरका अनुसार श्रीहरिकोटामा खराब मौसमका कारण पहिलो प्रक्षेपण करिब ४० मिनेट ढिलो भएको थियो, पछि प्रक्षेपणको प्रयास गर्दा स्वचालित प्र्रक्षेपण प्रणालीले लिफ्ट–अफभन्दा केही सेकेन्डअघि स्थगनको आदेश दिएको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ९ : ०४ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा