इजरायलमा मारिएका १० मध्ये चार नेपालीको शव आज नेपाल आइपुग्दै « Khabarhub

इजरायलमा मारिएका १० मध्ये चार नेपालीको शव आज नेपाल आइपुग्दै


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा मारिएका १० नेपालीमध्ये चारजनाको शव आज नेपाल आइपुग्दैछ । 

इजरायलको तेलअभिभस्थित नेपाली दूतावासले हमासको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव नेपाल पठाएको जानकारी दिएको छ ।

दूतावासका अनुसार इजरायलबाट फ्लाइ दुबईको उडान मार्फत दुबईसम्म र त्यसपछि फ्लाइ दुबईकै अर्को उडानमार्फत काठमाडौँसम्म शव ल्याउने व्यवस्था मिलाइएको छ।

शव बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने जनाइएको छ । परराष्ट्रमन्त्रालयका अनुसार शव बुझ्न परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि इजरायली राजदूत विमानस्थलमा पुग्ने छन् ।

आज ल्याइने शव नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज विष्ट र आशिष चौधरीको रहेको इजरायलस्थित नेपाली दूतावासले उल्लेख गरेको छ । अन्य नेपालीको शवको पहिचानको काम भइरहेको जनाइएको छ । यस्तै, सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्य जारी रहेको बताइएको छ । 

यही अक्टोबर ७ का दिन दक्षिणी इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी १० नेपालीको निधन भएको थियो । 

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ७ : ०२ बजे

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट

कटुवा पेस्तोल र एकनाले भरूवा बन्दुक बरामद

काठमाडौं – प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णालीपुर जाने बाटो छेउबाट

सुर्खेतमा करिब ३८ हजार ग्यास वितरण, अभाव कायमै

कर्णाली – विगतमा प्रतिमहिनामा २०/२६ हजारले पुग्ने सुर्खेतमा साउनको २०

मधेसमा ९५ प्रतिशत रोपाइँ

जनकपुरधाम – मधेस प्रदेशमा ९५ दशमलव ५१ प्रतिशत रोपाइँ भएको