उदयपुरगढीको पुननिर्माण तथा स्तरउन्नतिसंगै उद्घाटन « Khabarhub

उदयपुरगढीको पुननिर्माण तथा स्तरउन्नतिसंगै उद्घाटन


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुर जिल्लाको ऐतिहासिक एवम् पुरातात्विक महत्तो बोकेको उदयपुरगढीको पुननिर्माण तथा स्तरउन्नति भएसँगै उद्घाटन गरिएको छ । जिल्ला सदरमुकाम गाईघाटबाट करिव ३८ किलोमिटर पश्चिमा समुद्र सतहदेखि झण्डै १ हजार १६० मिटरको उचाइमा १५ रोपनि क्षेत्रफलमा फैलिएको ऐतिहासिक उदयपुरगढीको पुननिर्माण भएपछि गढीले पुरानो आकार लिएको छ ।  

तत्कालीन पञ्चवती गा.बि.स. मा पर्ने उदयपुरगढी दरवार हाल उदयपुरगढी गाउँपालिकामा पर्दछ । करिव तीनकरोड ५० लाख रुपैयाँ खर्चेर पुननिर्माण गरिएको सो पुरानो गढी दरवार आइतबार नेपाली सेनाका पूर्वी पृतना मुख्यालय इटहरीका प्रमुख उपरथी आसबहादुर तामाङ र उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानवबहादुर केप्छाकी मगरले संयुक्त रुपमा एक समारोहकाबीच उद्घाटन गरेका हुन् ।

कार्यक्रममा पञ्चकन्याबाट कलस यात्रा, नेपाली सेनाको ब्यान्डबाजा सहितको उच्च अधिकृतहरूको टोली, जनप्रतिनिधिहरू, राजनैतिक दलका कार्यकर्ता तथा महिला दिदीबहिनीहरूको भव्य रुपमा सहभागिता रहेको थियो ।

पुरानो गढीको वरिपरि एकसय ३० मिटर गोलो बंकर, बंकरको बीचमा पाँचसय मिटर व्यास सहितको गोलाकार अग्लो भागमा आठ त्रिभुज (अष्टकोण) आकारको गढीको निर्माण गरिएको छ ।

गढीको वरिपरि बाहिरपटि छ फीट र भित्रपटि १४ फीट उचाइको गारो लगाएर बंकर पुननिर्माण गरिएको छ । प्राचीन गढीे झल्काउने गरी काँचो ढुङ्गा चिल्लो र निश्चित आयाताकारमा ढालेर कलात्मक बनाएर जडान गरीएको छ ।  

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ४ : ५५ बजे

उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु

झापा – संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको

यस वर्ष विपद्बाट ७० जनाको मृत्यु

काठमाडौं – विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौं – नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक