रक्षा साझेदारीलाई थप सुदृढ गर्ने भारत र इटालीको सहमति « Khabarhub

रक्षा साझेदारीलाई थप सुदृढ गर्ने भारत र इटालीको सहमति


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारत र इटालीबीच रक्षा क्षेत्रमा सहकार्यलाई थप सुदृढ गर्ने सहमति भएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंह र इटालियन समकक्षी गुइदो कोसेट्टोबीच रक्षा सहकार्यलाई सुदृढ गर्ने विषयमा सहमति भएको हो ।

दुई मन्त्रीहरुबीच रक्षा सहकार्य र साझेदारीलाई थप सुदृढ गर्ने विषयमा सहमति भएको भारतीय रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दुई मन्त्रीबीच भएको छलफलमा रक्षा साझेदारी, प्रशिक्षण कार्यक्रम, सूचना आदान प्रदान, संयुक्त नौसैनिक अभ्यासजस्ता क्षेत्रमा हातेमालो गर्ने सहमति बनेको छ । त्यसबाहेक दुई मन्त्रीबीच रक्षा उद्योगका क्षेत्रमा सहकार्य गर्ने विषयमा पनि सहमति बनेको छ ।

मन्त्रीहरुबीच दुई मुलुकबीच द्विपक्षीय सहकार्य, सुरक्षा एवम् रक्षा नीति, शोध एवम् विकास साझेदारी, सैन्य शिक्षाजस्ता क्षेत्रमा पनि सहकार्य गर्न सहमति जुटेको छ ।

स्रोत: एएनआई

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ८ : ५६ बजे

बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर– यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण

महाकालीमा बगेर एक जना बेपत्ता

बैतडी– महाकाली नदीमा बगेर पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण

सुनको मूल्य ७ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

प्रि ओपन सेसन : झिनो अंकको वृद्धि

काठमाडौँ– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि

सिरहा– गोलबजारमा नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत