एसीसी यू–१९ प्रिमियर कप फाइनल : नेपालद्वारा यूएईसामु २ सय ८१ रनको लक्ष्य « Khabarhub

एसीसी यू–१९ प्रिमियर कप फाइनल : नेपालद्वारा यूएईसामु २ सय ८१ रनको लक्ष्य


७ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


915
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सामु २ सय ८१ रनको लक्ष्य दिएको छ ।

मलेसियाको बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २८० रन बनायो ।

नेपालका देव खनालले सर्वाधिक एक सय रनको शतकीय इनिङ खेले । यस्तै, उत्तम थापाले ५७ र अर्जुन कुमालले ५५ रनको अर्धशतक पूरा गरे । यसैगरी, दिपक प्रसाद डुम्रेले २८, दीपेश कँडेलले १० रन बनाए ।

यूएईका हरित सेठ्ठीले सर्वाधिक ५ विकेट लिए । यस्तै, आयान अफजल खानले दुई तथा अमर बादामीले १ विकेट लिए ।

नेपालले सेमिफाइनलमा जापानलाई डकवर्थ लुइस पद्धतिको आधारमा १ सय ४३ रन तथा युएईले दोस्रो सेमिफाइनल खेलमा सिङ्गापुरलाई डवकर्थ लुइस पद्धतिको आधारमा १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।

नेपालले गत फागुनमा आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा यूएईलाई ७ रनले हराउँदै २०२४ को विश्वकपमा स्थान बनाएको थियो । नेपाल पुन यूएईलाई हराउँदै उपाधि जित्न चाहन्छ ।

नेपालले समूह चरणमा इरान, बहराइन र साउदी अरेबियालाई ३ सय २ रनले हराएको थियो भने यूएईले चीन, ओमान र कतारलाई हराएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  ११ : १४ बजे

सरकार प्रश्नै प्रश्नले घेरिएपछि बालेन आफैं पुगे रवि निवास

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि

अन्नपूर्णको किम्रुङखोलामा बाढी

गण्डकी- कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा बाढी आउँदा खोला

बालबालिकासम्बन्धी कसुरमा होटल सञ्चालक पक्राउ

चितवन– बालबालिकासम्बन्धी कसुरमा एक होटल व्यवसायी पक्राउ परेका छन् ।

गणेशको आत्मदाह : सरकारले बाटो बिराउँदा अर्को भयावह संकटको डिलमा देश

काठमाडौं- मुगुको सोरू गाउँपालिका–१ घर भएका २५ वर्षीय गणेश नेपालीले

बाटोघाटोको व्यवस्था छैन, सर्वसाधारणमाथि चर्को जरिवाना थोपरेर मर्न बाध्य बनाइयो : दुर्गा प्रसाईँ

काठमाडौं– राजावादी अभियन्ता दुर्गा प्रसाईँले सरकारले आफ्नो अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश