भीरबाट लडेर बैतडीमा एक जनाको मृत्यु | Khabarhub Khabarhub

भीरबाट लडेर बैतडीमा एक जनाको मृत्यु


७ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा भीरबाट लडेर  एक जनाको मृत्यु भएको छ । जिल्लाको  पाटन नगरपालिका ४- कुणीका ५० वर्षीय वीरसिंह विष्टको सोमबार भिबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

दशरथचन्द नगरपालिका २ स्थित निङलाशैनी मन्दिरमा लागेको जात्रा हेरेर फर्किएका विष्ट घरनजिकैको लिसान्गड भीरबाट लडेका थिए।  

भीरबाट लडेर गम्भीर घाइते भएका विष्टलाई उपचारको लागि धनगढी लैजाँदै गर्दा सोमबार बेलुका बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  २ : ०९ बजे

मुलुकभर ९४ प्रतिशत धान रोपाइँ, उत्पादन घट्न सक्ने अनुमान

काठमाडौं– मुलुकभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ

‘अपाङ्गमैत्री सेवा प्रवाहमा काठमाडौं महानगरको प्रयास उल्लेखनीय’

काठमाडौं– काठमाडौं महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई दया र मायाको आधारमा

मधेसमा छोरी शिक्षा बिमा कार्यक्रम स्थगित

महेन्द्रनगर– मधेस प्रदेश सरकारले सात वर्ष अगाडि सञ्चालनमा ल्याएको मुख्यमन्त्रीले

बलिउडको चर्चित फिल्म ‘ककटेल’को सिक्वेल बन्ने 

काठमाडौं– बलिउड चर्चित फिल्म ककटेलको सिक्वेल निर्माण हुने भएको छ।

मध्यचमेलिया बनाइरहेको दार्चुला पावरले आईपीओ ल्याउने

काठमाडौँ– दार्चुला पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन