बडादसैँका अवसरमा नेपाली सेनाद्वारा ज्येष्ठ नागरिकलाई भोजन « Khabarhub

बडादसैँका अवसरमा नेपाली सेनाद्वारा ज्येष्ठ नागरिकलाई भोजन


८ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

बाँके– बडाको दसैँको अवसरमा नेपाली सेनाले आश्रमका ज्येष्ठ नागरिकलाई भोजन गराएको छ । मङ्गलबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ शम्शेरगञ्जस्थित ओभरीमा रहेको अर्जुनवाण गणले कोहलपुर नगरपालिका वडा नम्बर ५ स्थित एनसीसीकाे निलसागर आश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई भोजन गराएको हो ।

कार्यक्रममा राझाँस्थित चारवाहिनी अड्डाका वाहिनीपति एवं सहायक रथी प्रकाश थापाले निस्वार्थ भावमा मानव सेवामा समर्पित उक्त आश्रमलाई नेपाली सेनाको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

चाडबाडको अवसरमा आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई एक्लोपन महसुस नहोस् भन्ने उद्देश्यले खानाको व्यवस्था गरिएको गणपति अशोक खड्काले बताए ।

कोहलपुर नगरपालिकाका उपप्रमुख सङ्गीता सुबेदीले आश्रम सञ्चालन गर्नु राज्यको दायित्व भए पनि यो काम निलसागर आश्रमले  निःस्वार्थ भावले गरेकाले उक्त संस्थालाई नगरपालिकाले पनि सहयोग गर्ने बताइन् ।

उनले फजुल खर्च गरेर मनाइने जन्मदिन र वैवाहिक वर्ष गाँठबाट केही रकम छुट्याएर आश्रमलाई  सहयोग गर्न नगरवासीलाई आग्रह गरिन् ।

बाँकेमा केन्द्रीय कार्यालयको रूपमा स्थापना भएको निलसागर आश्रमका शाखाहरू काठमाडौँ, पोखरा, पाल्पा, सुर्खेत, बर्दिया, दैलेख, कोहलपुर र दाङ्ग गरेर आठ जिल्लामा सञ्चालित छन् ।

कोहलपुर शाखामा रहेका २८ जना ज्येष्ठ नागरिकलाई नेपाली सेनाले बडादसैँको दिन भोजन खुवाउनाका साथै राप्तीसोनारी गाउँपालिका ५ स्थित बिनौनामा रहेको जयबागेश्वरी आश्रमका १२ बालबालिकालाई पनि भोजन गराएको थियो । 

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ११ : ५७ बजे

बन्डी बिच गोलीकाण्डका आक्रमणकारी बाबु छोरा भएको खुल्यो

काठमाडौं – १५ जनाको मृत्यु हुनेगरी आइतबार सिड्नीको बन्डी बिचमा

सिटीको जितमा हालान्डको दुई गोल

काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गतको आइतबार भएको खेलमा म्यानचेस्टर

रियलको जितमा एम्बाप्पे र रोड्रिगोको गोल

काठमाडौं – गएराति भएको ला लिगा अन्तर्गतको खेलमा रियल मड्रिड

एमाले महाधिवेशन: ओलीलाई ईश्वरको चुनौती, आज उम्मेदवारी दर्ता

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय