९२ वर्षे ट्युनिशियाका राष्ट्रपतिको निधन « Khabarhub

९२ वर्षे ट्युनिशियाका राष्ट्रपतिको निधन


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ट्युनिशिया– अफ्रिकी मुलुक ट्युनिशियाका राष्ट्रपति बेजी सइद एस्सब्सीको ९२ वर्षको उमेरमा निधन भएको छ ।

बिहीबार उनको निधन भएको ट्युनिशियाको राष्ट्रपति कार्यालयले जनाएको छ ।

विश्वकै वृद्ध वर्तमान राष्ट्रपतिलाई बुधबार अस्पताल भर्ना गरिएको जनाइए पनि उनको स्वास्थ्यमा कस्तो समस्याका कारण अस्पताल भर्ना गरिएको हो भन्ने स्पष्ट छैन ।

सन् २०१४ मा भएको निर्वाचनयता उनी त्यहाँको राष्ट्रपतिको जिम्मेवारीमा थिए । उनलाई गत महिना पनि अस्पताल भर्ना गरिएको थियो ।

ट्युनिशियाको कानूनअनुसार अब प्रधानमन्त्री युसुफ सहिदले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन् । प्रावधानअनुसार ६० दिनभित्र अब ट्युनिशियामा नयाँ राष्ट्रपतिको निर्वाचन हुनेछ ।

प्रधानमन्त्री सहिदले अब नयाँ पुस्तालाई जिम्मेवारी दिनेसमेत घोषणा गरेका छन् ।

सन् २०११ मा तत्कालीन शासक जिन अल अबिदिन बेन अलीलाई अरब क्रान्तिमार्फत पदच्युत गरेपछि ट्युनिशिया लोकतान्त्रिक बाटोमा लागेको हो ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ७ : ०९ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले