युद्धको मारमा गर्भवतीदेखि शिशुसम्म | Khabarhub Khabarhub

युद्धको मारमा गर्भवतीदेखि शिशुसम्म


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

एक महिना अगाडि गाजामा बसोबास गर्ने जुमाना एवाड गर्भवतीको अन्तिम चरणमा थिइन्। नयाँ बच्चा जन्माउने योजनासहित उनी आफ्नो तस्बिर त्यहाँ राख्ने गरेकी थिइन्। उनको छोरी जन्मँदै गरेको खबरले उनको श्रीमान् औधी खुसी भएका थिए। उनको अस्पतालको ब्याग तयार थियो। उनको चार वर्षीय छोरी टुलिन आफ्नी बहिनी हेर्नका लागि आतुर थिइन्।

समय र परिस्थिति एकाएक बदलिएको छ। सात अक्टोबरको दिन हमासले गरेको आक्रमणका कारण एक हजार चार सय जनाको ज्यान गएको छ भने दुई सय जना बन्दी बनाइएका छन्। त्यसपछि इजरायलले सुरु गरेको हवाई आक्रमणमा सात हजार जनाको ज्यान गएको प्यालेस्टाइनका स्वास्थ्य मन्त्रीले बताएका छन्। उनी एकदमै आत्तिएकी थिइन। इजरायलले आक्रमण गरेको दुई दिनपछि उनी गाँजाको उत्तरी भाग छाडेर दक्षिणी भाग तर्फ लागेकी थिइन्। उनले आफ्नी जेठी छोरी छिमेकीको घरमा नै छाडेकी थिइन्।

एक प्याकेट दूध, छोरीका लागि लुगाको प्याकेट र एक धरो लुगा लिएर उनी त्यहाँबाट अगाडि बढेकी थिइन्। उनको त्यस समयको अवस्था साँच्चै कठिन थियो। उनको भ्वाइस म्यासेज अहिले बाहिर आएको छ। भनिएको छ, ‘हामी जस्ता गर्भवती त्यो स्थानमा हुनु पनि कठिन थियो किनकि त्यहाँ केही किनेर खानका लागि एकदमै कठिन थियो।’ त्यहाँ विद्युत् आपूर्ति बन्द भइसकेको छ। इन्टरनेट अवरुद्ध छ। पानीको समेत अभाव भइसकेको छ। त्यस अवस्थामा बच्चालाई जन्म दिन पनि निराशाजनक अवस्थामा उनी पुगी सकेकी छिन्। शुक्रवार १३ अक्टोबरको दिन उनी लेबरमा पुगिन्।

सुरुवातमा उनको योजना गाँजाको अलसिफा अस्पतालमा पुग्ने थियो। त्यहाँको एकदमै ठुलो अस्पताल हुनुको बाबजुद त्यहाँ अन्य धेरै कुराको दबाब थियो। यस कारण उनी सो स्थान छाडेर नुसारेतमा रहेको अल हवादा अस्पतालमा भर्ना भएकी थिइनन्।

त्यहाँसम्म जान पनि उनले अनेकौं कठिनाइको सामना नगरेकी होइनन्। ट्याक्सी ड्राइभर डराएका थिए। एम्बुलेन्स अन्य घाइते र बिरामी ओसार्नका व्यस्त रहेका कारण सुत्केरी हुने महिलालाई लिएर जान समय नै थिएन।

त्यहाँको उनको अवस्था अझ विकराल र डरलाग्दो नै थियो। अस्पतालसँगको घरमा सिलिङ थियो। त्यहाँ विस्फोटको आवाज आउँथ्यो। यसले उनलाई बारम्बार अत्त्याउने गरेको थियो। त्यहाँबाट घाइतेहरू आइरहेका हुन्थे। उनलाई भने बारम्बार जेठी छोरीको याद र चिन्ताले सताइ रहन्थ्यो।

उनको मनले जे भए पनि बच्चालाई जन्म दिनु नै पहिलो कुरा हो भन्ने पनि बारम्बार सोच्ने गरेको थियो। बच्चा जन्मिएपछि उसलाई टालिया नाम दिइन्। पहिलो बच्चाको रुवाइले उनलाई बल्ल आफू जन्मिएको महसुस भयो। बच्चा जन्मिएपछि रगत बगी रहेको थियो। उसका लागि अर्को बिछ्यौना नै थिएन। अस्पतालको कोरिडोरमा अर्को बिछ्यौना उनका लागि बल्ल तयार भएको थियो।

संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या फन्डका अनुसार गाँजामा ५० हजार गर्भवती छन्। ती मध्येका पाँच हजार पाँच सयले अबको ३० दिनमा बच्चालाई जन्म दिने छन्। बच्चा जन्मिएको एक दिन पछि नै जुमानुले ट्याक्सीमा बसेर बच्चालाई सेतो ब्लान्केटले ढाकेर फोटो खिँचाएकी थिइन्।

उनका अनेक समस्या थिए। लिफ्ट चढ्दा बिजुलीको समस्या थियो। चौथो तलाबाट बच्चा बोकेर तल झर्दा उनको हात गलेर थाम्नै नसक्ने भएको थियो। अस्पतालबाट फर्केपछि उनी आफू बसेको स्थानमा फर्कने प्रयास गरेकी थिइन्।

उनले एक घण्टा कुर्दा पनि ट्याक्सी पाउन कठिन भइरहेको थियो। घरसम्म पुग्नका लागि एकदमै महंगो भाडा उनले तिर्नु परेको थियो। जुमानाका लागि बच्चालाई जन्म दिएको घटना एकदमै कठिन थियो। बच्चा टालियालाई जन्म दिएको घटना उनका लागि एकदमै कठिन थियो।

युद्धको समय थिएन भने त उनी आफ्ना सबै आफन्तलाई बोलाएर भोज खुवाउने विचारमा हुन्थिन्। तर, त्यो भएन। युद्धले सबै कुरा अझ कठिन छ। उनी दुई छोरी नै भविष्यको आशा भएको र युद्धको अनुभव दुखद भएको बताउँछिन्। जुमानाका साथमा भएको यस घटना अत्यन्त सम्झन लायक थियो होला। यस युद्धमा अनेकौँ दुखका कथा जोडिएको छन्। कहिल्यै निको नहुने पीडाका घाउहरू छन्।

यसै मध्ये एउटा दुखद घटना युद्धको पहिलो दिनदेखि नै भएको थियो। दुई चार वर्षीय बच्चाको ज्यान युद्धको पहिलो दिन नै गएको थियो। एक बच्चा प्यालेस्टाइनी थिए भने अर्को बच्चा इजरायली थिए। सीमाको दुई छेउमा ओमार बिलाल अल अल बनाना तथा ओमार सिमान टभ बसोबास गर्थे। यी दुईले एक आपसमा देखेका थिएनन्। उनीहरूको दुई भेट भएको थिएन। परन्तु एक आपसमा खेल्नका लागि एकदमै रुचाउँथे।

उनीहरूको दुवैको निधन यस युद्धको पीडादायी र दुखको घटनाको रूपमा रहेको छ। ७ अक्टोबरका दिन किजुमा भएको हमासको आक्रमणमा ओमारको ज्यान गएको थियो। त्यसको चार दिनपछि इजरायलले गरेको आक्रमणमा ओमोर बिलालको ज्यान गएको थियो। यस युद्धका अनेकौँ दुखको पाटामध्ये यी बच्चाको ज्यान गएको दुखान्त घटना धेरैले सम्झने गरेका छन्। इजरायल र प्यालेस्टाइन बिचको लडाइँमा यस्ता अनेकौँ दुखान्त यस्ता घटनाको पटाक्षेप अझ हुँदै जान्छन्। स्रोत : बीबीसी

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ८ : ४० बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त

नीजि क्षेत्रका निराशालाई अन्त्य गर्ने मन्त्री भण्डारीको प्रतिवद्धता 

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई

हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चर इजरायलको निशानामा 

काठमाडौं– इजरायलले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको

पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष विष्टको राजीनामा

काठमाडौं– नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले