कृषिको आधुनिकीकरणबाट उत्पादन वृद्धि गर्नुपर्छ : अध्यक्ष नेपाल « Khabarhub

कृषिको आधुनिकीकरणबाट उत्पादन वृद्धि गर्नुपर्छ : अध्यक्ष नेपाल


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनतालाई गरिबीबाट मुक्त बनाउन कृषि क्षेत्रलाई औद्योगिकीकरण गर्न लगानी बढाउनुपर्ने बताएका छन् ।

अखिल नेपाल किसान महासङ्घद्वारा आज आयोजित अन्तर्राष्ट्रिय जैविक पर्यावरणीय प्रयोगात्मक कृषि तालिमको उद्घाटन कार्यक्रममा अध्यक्ष नेपालले प्रविधिको प्रयोगबाट कृषि क्षेत्रमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कृषि उत्पादनमा सरकारले उपलब्ध गराउने अनुदानबाट कृषि उत्पादनको लागत घट्ने बताए ।

मुलुकमा भएका राजनीतिक आन्दोलनबाट जनताले राजनीतिक अधिकार प्राप्त गरेको भए पनि आर्थिक–सामाजिक अधिकार प्राप्त नभएको बताउँदै उनले वर्गीय शोषणको अन्त नहुँदा आर्थिक रुपान्तरण हुन नसकेको बताए । उत्पादन, रोजगारी नै समाजवादीको मुख्य आधार भएको बताउँदै अध्यक्ष नेपालले उद्यमशीलताको विकास गरी आत्मनिर्भर अर्थतन्त्रका लागि कृषि उत्पादनमा जनतालाई जोड्नुपर्ने विचार व्यक्त गरे ।

महासङ्घका अध्यक्ष बलराम बाँस्कोटाले बहुर्राष्ट्रिय कम्पनीले स्थानीय बीउबिजनलाई प्रतिस्थापन गरी कृषि उत्पादनको संरचना, उद्योग कलकारखाना ध्वस्त पार्ने काम गरिहेको बताए । यस्ता कामले पुँजीवादी मोटाउँदै जाने अवस्था रहेकाले त्यसको विकल्पमा समाजवादको खाँचो रहेको बताए ।

नेपाल, भुटान, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, घाना, अर्जेन्टिना, नाइजेरिया, बेल्जियमलगायत ११ मुलुकका ३२ किसानको सहभागिता रहेको तालिम यही कात्तिक २८ गतेसम्म चल्ने छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ९ : ५९ बजे

मेसीको चार गोलमा मियामीको ऐतिहासिक जित, मोन्ट्रियल ७-१ ले पराजित

काठमाडौँ – लियोनेल मेसीको उत्कृष्ट चार गोलको मद्दतले इन्टर मियामीले

भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन

भोजपुर– भोटेकोशी बाढीपछि भोजपुरका चार जना सम्पर्कविहीन भएका छन् ।

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

मुस्ताङ– उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको

एसीसी प्रिमियर कप आजदेखि मलेसियामा सुरु हुँदै, नेपालले भोलि बहराइनसँग खेल्दै

काठमाडौँ– तेस्रो संस्करणको एसीसी प्रिमियर कप क्रिकेट आजदेखि मलेसियामा सुरु

बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग

तनहुँ– नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाले भोटेकोशी बाढीपीडितको सहयोगार्थ