न्युजिल्यान्डविरुद्ध अस्ट्रेलियाको रोमाञ्चक जित « Khabarhub

न्युजिल्यान्डविरुद्ध अस्ट्रेलियाको रोमाञ्चक जित


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतमा जारी आइसिसी विश्वकपमा न्युजिल्यान्डविरुद्ध अस्ट्रेलियाले रोमाञ्चक जित हात पारेको छ । ‘हाई स्कोरिङ’ खेलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई ५ रनले हरायो ।

तीन सय ८९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ८३ रन बनायो । न्युजिल्यान्डका रचिन रविन्द्रले ८९ बलमा १ सय १६ रन बनाए । यस्तै जेम्स नीशमले ५८ र ड्यारेल मिचेलले ५४ रन जोडे ।

बलिङतर्फ अस्ट्रेलियाका एडम जम्पाले ३ तथा जोश हेजलवूड र कप्तान प्याट कमिन्सले समान २ विकेट लिए ।

यसअघि धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलिया ४९ ओभर २ बलमा ३ सय ८८ रनमा अलआउट भयो । अस्ट्रेलियाका ट्राभिस हेडले विश्वकपको डेब्युमा शतक बनाए । उनले ६७ बलमा १ सय ९ रन बनाएर आउट भए ।

यस्तै डेभिड वार्नरले ८१, ग्लेन म्याक्सवेलले ४१, जोश इङ्लिसले ३८ र कप्तान प्याट कमिन्सले ३७ रन जोडे । बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र ग्लेन फिलिप्सले समान ३ तथा मिचेल स्यान्टनरले २ विकेट लिए ।

यो जितसँगै अस्ट्रेलियलाको ८ अंक भएको छ र चौथो स्थानमा रह्यो । न्युजिल्यान्डको पनि समान ८ अंक छ र तेस्रो स्थानमा छ ।

 

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ८ : ३९ बजे

पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने

काठमाडौं – नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले नेपाली

युक्त राज्य अमेरिकाद्वारा साउदी अरबसँग गैर–सैनिक आणविक सम्झौताको घोषणा

रियाद – संयुक्त राज्य अमेरिका र साउदी अरबले बुधबार साउदी

शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालत पाटनको आदेश

काठमाडौं- उच्च अदालत पाटनले शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पुर्पक्षका

अमेरिका–साउदीबीच गैरसैनिक आणविक सम्झौता घोषणा

एजेन्सी– संयुक्त राज्य अमेरिका र साउदी अरबले साउदीमा गैरसैनिक आणविक