एकदिवसीय विश्वकप क्रिकेट : आज भारत र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुने « Khabarhub

एकदिवसीय विश्वकप क्रिकेट : आज भारत र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुने


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र साविक विजेता इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।

भारतको लखनउस्थित रत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियम दिउँसो सवा २ बजे सुरु हुने खेलमा भारत अपराजित यात्रालाई कायम राख्ने योजनामा रहँदा इंग्ल्याण्ड सेमिफाइनलको सम्भावना जीवित राख्ने दाउमा छ ।

जारी विश्वकपमा भारतले राम्रो प्रदर्शन गरिरहेको छ भने साविक विजेता इङ्ल्यान्डको प्रदर्शन कमजोर देखिएको छ । इंग्ल्याण्ड आज भारतलाई रोक्दै सेमिफाइनलको सम्भावना कायम राख्न चाहन्छ ।

जारी विश्वकपमा पाँच खेलमा शतप्रतिशत जित निकालेको भारत १० अंकसहित दोस्रो स्थानमा छ । आजको खेल जितेमा शीर्षस्थानमा उक्लने छ । इङ्ल्याण्डले पाँच खेल खेल्दा चारमा हार र एकमा जित निकालेर २ अङ्क जोडेको छ । 

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ९ : ५८ बजे

रुपन्देही–३ मा कांग्रेसबाट खाणसहित ६ जना सिफारिस

रुपन्देही– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

सर्वोच्चको आदेशपछि प्राधिकरणमा फर्किए हितेन्द्र

काठमाडौं – सर्वोच्च अदालतको आदेशसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

भन्सार एजेन्टको आन्दोलनले ‘जाँचपास’ रोकियो

पर्सा– भन्सार ‘एजेन्ट’को आन्दोलनले भन्सार जाँचपास प्रभावित भएको छ ।

मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठूलो चुनौती