एकदिवसीय विश्वकप क्रिकेट : आज भारत र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुने « Khabarhub

एकदिवसीय विश्वकप क्रिकेट : आज भारत र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुने


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र साविक विजेता इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।

भारतको लखनउस्थित रत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियम दिउँसो सवा २ बजे सुरु हुने खेलमा भारत अपराजित यात्रालाई कायम राख्ने योजनामा रहँदा इंग्ल्याण्ड सेमिफाइनलको सम्भावना जीवित राख्ने दाउमा छ ।

जारी विश्वकपमा भारतले राम्रो प्रदर्शन गरिरहेको छ भने साविक विजेता इङ्ल्यान्डको प्रदर्शन कमजोर देखिएको छ । इंग्ल्याण्ड आज भारतलाई रोक्दै सेमिफाइनलको सम्भावना कायम राख्न चाहन्छ ।

जारी विश्वकपमा पाँच खेलमा शतप्रतिशत जित निकालेको भारत १० अंकसहित दोस्रो स्थानमा छ । आजको खेल जितेमा शीर्षस्थानमा उक्लने छ । इङ्ल्याण्डले पाँच खेल खेल्दा चारमा हार र एकमा जित निकालेर २ अङ्क जोडेको छ । 

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ९ : ५८ बजे

तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस्

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले तीन-चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका