हिमालयन लाइफको व्यक्तिगत बीमालेखमा छुट सुविधा « Khabarhub

हिमालयन लाइफको व्यक्तिगत बीमालेखमा छुट सुविधा


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिमालयन लाइफ इन्स्युरेन्स लिमिटेडले छुट सुविधा ल्याएको छ । कम्पनीले व्यतीत बीमालेखमा लाग्ने विलम्ब शुल्क (ब्याज जरिवाना)मा छुट सुविधा ल्याएको हो ।

साबिकको प्राइम लाइफ इन्स्योरेन्स, यूनाइटेड लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न मितिमा बीमा गराई व्यतीत भएका बीमालेखहरुमा यही कात्तिक १० गतेदेखि २२ गतेसम्ममा नवीकरण पुनर्जागरण गर्दा बिमाशुल्कमा लाग्ने विलम्ब शुल्क ब्याज जरिवानामा छुट दिएको कम्पनीले जनाएको छ । तीन वर्षसम्मको बीमालेख व्यतीत अवधिमा ब्याज र जरिवाना शतप्रतिशत छुट हुनेछ ।

त्यस्तै, तीन वर्ष माथिदेखि ७ वर्षसम्मको अवधिको ब्याज र जरिवानामा ५० प्रतिशत छुट हुनेछ भने सात वर्षदेखि जतिसुकै अवधिकोमा ब्याज र जरिवाना २५ प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ । यस किसिमको व्यतीत बीमालेखमा पुनर्जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एक पटक मात्र प्रदान गरिनेछ ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ७ : ०९ बजे

प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुला

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले