मानविकी पढेर चिकित्साको ‘अफर लेटर’! « Khabarhub

मानविकी पढेर चिकित्साको ‘अफर लेटर’!


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मानविकी विषय लिएर कक्षा १२ पूरा गरेकाहरू विदेशमा चिकित्साशास्त्रमा उच्च शिक्षा अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लिएर पुग्ने गरेका छन् ।

विदेशी विश्वविद्यालयले अर्थोपार्जनका लागि जथाभावी रूपमा ‘अफर लेटर’ पठाइदिने गरेका छन् । मानविकी विषय लिएकालाई चिकित्साशास्त्रको मात्र होइन, जीवविज्ञान पढेकालाई भौतिकशास्त्र अध्ययनका लागि पनि ‘अफर लेटर’ पठाइदिने गरेको पनि पाइएको छ ।

एउटा विषय लिएर विद्यालय तह पूरा गरेकाहरू उच्च शिक्षा अर्को विषय अध्ययनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखामा ‘नो अब्जेक्सन लेटर’ लिन जाने प्रशस्तै भेटिन्छन् । यस्तो कार्यमा विद्यार्थीलाई उक्साउने काम यहाँका शैक्षिक परामर्शदाताहरूले गर्दै आएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव महेश्वर शर्माले विद्यार्थीले कुन विषय अध्ययन गर्न सक्छन्, कुन गर्न सक्दैनन् भन्ने विदेशी विश्वविद्यालयले हेक्का नराख्ने बताए । विदेशी विश्वविद्यालयलाई विद्यार्थी चाहिएको हुन्छ, त्यसैले जसलाई पनि जुनसुकै विषय अध्ययन गर्न पाउने गरी ‘अफर लेटर’ पठाइदिने गरेको उनले बताए ।

‘नो अब्जेक्सन लेटर’ लिन पुगेका त्यस्ता विद्यार्थीलाई शाखाका कर्मचारीहरूले ‘नो’ भनेर फर्काइदिने गरेका छन् । विद्यार्थीलाई जसरी भए पनि विदेश जानु छ र उता गइसकेपछि अध्ययनभन्दा पनि रोजगारी उनीहरूका लागि मुख्य ध्यान हुने हुँदा ‘नो अब्जेक्सन लेटर’ लिनु परेको हो ।

कतिपय अध्ययन पूरा गरेपछि स्वदेश फर्किन चाहना राख्नेहरू पनि हुन्छन् । तर त्यस्तो शैक्षिक प्रमाणपत्रलाई नेपाल सरकारले समकक्षता प्रदान गर्दैन भन्ने हेक्का राख्दैनन् । यसले गर्दा उनीहरूले मेहनत गरेर आर्जन गरेको प्रमाणपत्रले मान्यता प्राप्त गर्न नसकी खालि खोस्टोका रूपमा मात्र रहने आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ७ : ३२ बजे

कानुन मन्त्रालयले माग्यो  विधेयकको मस्यौदामा सर्वसाधारणमा राय सुझाव

काठमाडौं–  कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘नेपाल कानुन आयोग ऐन,

मोदीलाई मेटाले हेपेपछि…

नयाँ दिल्ली- विश्वका नेताहरूमध्ये सामाजिक सञ्जालमा धेरै फ्यान फलोइङ भएकामा

यातायात कार्यालय विराटनगरद्वारा ४८ करोडभन्दा बढी राजस्व सङ्कलन

विराटनगर– यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा

स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुन : सक्रिय गरिने

काठमाडौं– स्वास्थ्यकर्मी माथि बढ्दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने

सुर्खेतको हलकण्डरामा भएको जिप दुर्घटनामा १२ जना घाइते

कर्णाली– सुर्खेत लेकबेँसी नगरपालिका–५ र ६ को सिमानामा पर्ने हलकण्डरामा