‘सम्बन्धविच्छेद’मा सुन्दै अचम्म लाग्ने अदालतको अनौठो फैसला « Khabarhub

‘सम्बन्धविच्छेद’मा सुन्दै अचम्म लाग्ने अदालतको अनौठो फैसला


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पति–पत्नीको सम्बन्धमा दरार आउँदा अचेल सम्बन्धविच्छेदका घटना बढ्ने गरेका छन् ।

सम्बन्ध टिकाउन चाहदाचाहदै पनि कतिपय यस्ता अवस्थाहरु आइदिन्छन् कि वैवाहिक सम्बन्धहरु टुक्र्याउनुपर्ने हुन्छ । अन्तत विवाहित जोडीहरुले सम्बन्ध विच्छेदको बाटो रोज्ने गरेको पाइन्छ ।

सम्बन्धविच्छेदपछि अदालतले लोग्नेबाट श्रीमतीलाई अंश तथा मानाचामल भराउने फैसला गर्दछ। तर भारतको पञ्जाव तथा हरियाणा उच्च अदालतले सुन्दै अचम्म लाग्ने अनौठो फैसला गरेको छ । अदालतमा सम्बन्ध विच्छेदको मुद्दा झेलिरहेका एकजना पुरुषले आफ्नो कुनै जागिर नभएको हुनाले डिभोर्स गरिसकेपछि पत्नीलाई गुजारा भत्ताको रुपमा नगद दिन नसक्ने भनी उच्च अदालत समक्ष निवेदन गरेका थिए ।

तर नगदको साटो दैनिक प्रयोग हुने सामानहरु भने दिनसक्ने उनले बताएका थिए । लोग्नेले डिभोर्स गर्ने पत्नीलाई निर्वाह भत्ताको रुपमा नगद दिन नसक्ने र दैनिक उपभोगका चिज भने दिनसक्ने भनेपछि अदालतले यस्तै खालको फैसला गरेको थियो ।

जसअनुसार डिभोर्स गरिसकेपछि पूर्व पत्नीलाई मासिक २० किलो चामल, ५ किलो चिनी, ५ किलो दाल, ५ किलो गहुँ, २ किलो दुध तथा ५ किलो घिउ दिनुपर्ने दिनुपर्ने भयो ।

त्यस्तै पूर्व पत्नीलाई हरेक तीन महिनामा तीनवटा कुर्ता सुरुवाल पनि दिनुपर्ने फैसला गरेको थियो । यस्तो फैसलाले भारतीय मिडियालाई मसला नै बनेको थियो । केही दिन यही विषयले चर्चा समेत पाएको थियो ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ७ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै