‘सम्बन्धविच्छेद’मा सुन्दै अचम्म लाग्ने अदालतको अनौठो फैसला « Khabarhub

‘सम्बन्धविच्छेद’मा सुन्दै अचम्म लाग्ने अदालतको अनौठो फैसला


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पति–पत्नीको सम्बन्धमा दरार आउँदा अचेल सम्बन्धविच्छेदका घटना बढ्ने गरेका छन् ।

सम्बन्ध टिकाउन चाहदाचाहदै पनि कतिपय यस्ता अवस्थाहरु आइदिन्छन् कि वैवाहिक सम्बन्धहरु टुक्र्याउनुपर्ने हुन्छ । अन्तत विवाहित जोडीहरुले सम्बन्ध विच्छेदको बाटो रोज्ने गरेको पाइन्छ ।

सम्बन्धविच्छेदपछि अदालतले लोग्नेबाट श्रीमतीलाई अंश तथा मानाचामल भराउने फैसला गर्दछ। तर भारतको पञ्जाव तथा हरियाणा उच्च अदालतले सुन्दै अचम्म लाग्ने अनौठो फैसला गरेको छ । अदालतमा सम्बन्ध विच्छेदको मुद्दा झेलिरहेका एकजना पुरुषले आफ्नो कुनै जागिर नभएको हुनाले डिभोर्स गरिसकेपछि पत्नीलाई गुजारा भत्ताको रुपमा नगद दिन नसक्ने भनी उच्च अदालत समक्ष निवेदन गरेका थिए ।

तर नगदको साटो दैनिक प्रयोग हुने सामानहरु भने दिनसक्ने उनले बताएका थिए । लोग्नेले डिभोर्स गर्ने पत्नीलाई निर्वाह भत्ताको रुपमा नगद दिन नसक्ने र दैनिक उपभोगका चिज भने दिनसक्ने भनेपछि अदालतले यस्तै खालको फैसला गरेको थियो ।

जसअनुसार डिभोर्स गरिसकेपछि पूर्व पत्नीलाई मासिक २० किलो चामल, ५ किलो चिनी, ५ किलो दाल, ५ किलो गहुँ, २ किलो दुध तथा ५ किलो घिउ दिनुपर्ने दिनुपर्ने भयो ।

त्यस्तै पूर्व पत्नीलाई हरेक तीन महिनामा तीनवटा कुर्ता सुरुवाल पनि दिनुपर्ने फैसला गरेको थियो । यस्तो फैसलाले भारतीय मिडियालाई मसला नै बनेको थियो । केही दिन यही विषयले चर्चा समेत पाएको थियो ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ७ : ४५ बजे

हात्ती धपाउन खोज्दा घरमा आगलागी : आमा छोराको मृत्यु

चितवन – चितवनमा जंगली हात्तीको आक्रमण र आगलागीबाट आमा–छोराको मृत्यु

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही– सर्लाहीमा अत्यधिक गर्मी बढेपछि सर्पको बिगबिगी भएको छ ।

बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न

लन्डन– बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ

ट्राफिक कारबाहीमा एकैदिन पाँच लाख बढी राजस्व असुली

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ८१३ सवारीचालकलाई सवारी

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक