ईसीएमआरले बनायो पुरुषका लागि गर्भनिरोधक सुई « Khabarhub

ईसीएमआरले बनायो पुरुषका लागि गर्भनिरोधक सुई


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिकित्सा जगतमा केही दिनयता इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) को एक प्रयोगले निकै चर्चा पाइरहेको छ । आईसीएमआरले पुरुषका लागि गर्भनिरोधक सुई बनाएको छ । सात वर्षसम्मको अनुसन्धानपछि आईसीएमआरको सो सुईको क्लिनिकल परीक्षण पूरा भएको हो ।

अर्थात् यो सुईले प्रयोगको अनुमति पाएको छ । यो सुईको कुनै साइड इफेक्ट नभएको दाबी आईसीएमआरको छ । यो सुईको नाम रिभर्सिबल इनहिबिशन अफ स्पर्म अन्डर गाइडेन्स राखिएको छ । 

क्लिनिकल परीक्षणमा २५ वर्षदेखि ४० वर्षबीचका ३०३ जना स्वस्थ अनि सेक्सुअली एक्टिभ विवाहित पुरुष र तिनका पत्नीलाई समावेश गरिएको थियो ।
यी जोडीलाई भ्यासेक्टोमी वा स्केल्पल भ्यासेक्टोमीको आवश्यकता थियो । तर भ्यासेक्टोमी नगरी परीक्षणमा सहभागी पुरुषलाई ६० एमजी रिभर्सिबल इनहिबिशन अफ स्पर्म अन्डर गाइडेन्स इन्जेक्ट गरियो ।

सुई गर्भधारण रोक्न ९९ दशमलव शून्य २ प्रतिशत प्रभावकारी भेटियो । एजुस्पर्मिया अर्थात् स्पर्म निष्कासनमा अवरोध गर्ने मामिलामा भने यो ९७ दशमलव ३ प्रतिशत प्रभावकारी पाइयो । यो गर्भनिरोधको सबैभन्दा प्रभावकारी विकल्प भएको अनि यसको साइड इफेक्ट पनि नरहेको आईसीएमआरले बताएको छ । 

एक पटक यो सुई लगाउँदा १३ वर्षसम्म गर्भधारण रोक्न मद्दत मिल्ने बताइएको छ । परीक्षणको नतिजा गएको महिना एन्ड्रोलोजी जर्नलमा प्रकाशित भइसकेको छ । 

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ७ : ४६ बजे

राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई पूर्ण कानुनी अधिकार दिन सांसदको जोड

काठमाडौं– सांसदहरूले न्याय निरूपणमा विश्वसनीय परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान

वैदेशिक रोजगारीमा लाखौँ ठगी : पाँच जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

डिजिटल अद्यावधिक स्वीकार्दै देउवा समूहले दियो उपसभापति शर्माको सातबुँदे प्रस्तावमा जवाफ

काठमाडौं– कांग्रेसको आन्तरिक विवाद समाधानार्थ इतर समूहले उपसभापति विश्वप्रकाश शर्माले

नारायण दाहालले भने- लामो संघर्ष र योगदानबाट बनेको संविधानको भविष्यमाथि नै प्रश्न उठ्न थाल्यो

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले लामो संघर्ष र योगदानबाट

विद्यालयबाट हराएकी ६ वर्षीया बालिका मृत भेटिइन्

कैलाली- कैलालीमा विद्यालयबाट हराएकी ६ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी