तनहुँमा ५३ ग्राहकका विद्युत् लाइन काटियो « Khabarhub

तनहुँमा ५३ ग्राहकका विद्युत् लाइन काटियो


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

तनहुँ – विद्युत् प्राधिकारण तनहुँ वितरण केन्द्रले ६० दिनसम्म विद्युत् महसुल नबुझाएका ग्राहकहरुको धमाधम विद्युत् लाइन काट्न सुरु गरेको छ । आइतबार र सोेमबार गरी दुई दिनमा ५३ ग्राहकको विद्युत् लाइन काटेको केन्द्रले जनाएको छ ।

ग्राहकबाट रु १० लाख ६१ हजार १० महसुल सङ्कलन हुनपर्ने देखिएको केन्द्रका सूचना अधिकारी डम्बरबहादुर श्रेष्ठले जानकारी दिए । उक्त लाइन काटिएकामध्ये ३४ जना ग्राहकले रकम बुझाएर पुनः लाइन जडान गरेका छन् । उनले भने, “लाइन काटिएका ग्राहकले पुनः लाइन जडान गर्दा रु पाँच लाख तीन हजार छ सय ७८ महसुल सङ्कलन भएको छ ।”

कार्यालयले विद्युत् लाइन काट्ने अभियानलाई दैनिकरुपमा निरन्तरता दिन लागेको उनले बताए । मिटर रिडिङ गरेको ६० दिनसम्म विद्युत् महसुल नबुझाएका ग्राहकका विवरण निकाली लाइन काट्न सुरु गरेको सो केन्द्रले जनाएको छ ।

लाइन काटिएका ग्राहकले बिल रकममा २५ प्रतिशत अतिरिक्त जरिवाना तथा लाइन जोड्नका लागि दस्तुर रु आठ सय ४७ समेत बुझाउनुपर्ने प्रावधान रहेको छ ।

विद्युत् महसुल सङ्कलन विनियमावली २०७८ अनुरुप मिटर रिडिङ भएको सात दिनभित्र महसुल बुझाएमा ग्राहकले दुई प्रतिशत छुट पाउने व्यवस्था रहेको केन्द्रका कार्यालय प्रमुख विजयराज रेग्मीले जानकारी दिए ।

उनका अनुसार आठौँ दिनदेखि १५ दिनसम्म बुझाएमा बिलअनुरुप महसुल बुझाउन पाइन्छ तर जरिवाना लाग्दैन । त्यसैगरी, १६ औँ दिनदेखि ३०औँ दिनसम्म पाँच प्रतिशत, ३१औँ दिनदेखि ४०औँ दिनसम्म बुझाएमा १० प्रतिशत र ४० दिनपछि बुझाएमा २५ प्रतिशत थप दस्तुर लाग्ने व्यवस्था छ । जिल्लामा हालसम्म साठी हजारभन्दा बढी विद्युत् ग्राहक छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ९ : १५ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको