‘सिंघम अगेन’मा रणवीर सिंह « Khabarhub

‘सिंघम अगेन’मा रणवीर सिंह


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउड अभिनेता रणवीर सिंह रोहित सिट्टीको कप–युनिभर्स ‘सिंघम अगेन’मा देखिने भएका छन् । निर्माण कम्पनीले सोमबार पोस्टर सार्वजनिक गर्दै फिल्ममा रणवीरले सिम्बा पात्रको भूमिका निर्वाह गर्ने जनाएको छ ।

‘सिम्बा’को लुकमा ‘सिंघम ३’ को पोस्टर हेरेपछि फ्यान उत्साहित छन् । यो पोस्टरले दर्शकलाई मनोरञ्जन दिने देखिन्छ । पोस्टर सेयर गर्दै रणवीरले लेखेका छन्, ‘सबैभन्दा नटखट, सबैभन्दा अनौठो, आला रे आला, सिम्बा आला ।’

पोस्टर हेरेर फ्यानले कमेन्ट गरेका छन्, ‘हाम्रो सिम्बा कति राम्रो छ ।’ अर्का फ्यान लेख्छन्, ‘बाबा, आगो छ, आगो छ । अन्य भन्छन्, ‘फस्ट डे, फस्ट शो ।’

अजय देवगणले पनि पोस्टर सेयर गर्दै लेखेका छन्, ‘हाम्रो टोलीको सबैभन्दा नटखट अफिसर ।’ अजयको पोस्टमा फ्यानले कमेन्ट गर्दै सिम्बालाई हेर्न अधैर्य रहेको लेखेका छन् ।

रोहित शेट्टीले फिल्मको यो पोस्टर सेयर गर्दै लेखेका छन्, ‘हाम्रो सबै मनपर्ने सिम्बा आइपुगेको छ ।’ फिल्ममा अजयसहित दीपिका पादुकोण पनि देखिनेछिन् ।

रोहित शेट्टीको फिल्म ‘सिंघम अगेन’ सन् २०२४ को अगस्ट १५ मा रिलिज हुनेछ । बलिउडको यो शक्तिशाली फिल्म साउथ स्टार अल्लु अर्जुनको ‘पुष्पा २’ सँग भिड्दैछ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ८ : ४१ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ