पुष्पखेती बढाउन मन्त्री भुसालको आह्वान « Khabarhub

पुष्पखेती बढाउन मन्त्री भुसालको आह्वान


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

ललितपुर – कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसालले फूलको आयात कम गर्न किसानलाई पुष्पखेती बढाउन आग्रह गरेका छन् ।

मन्त्री भुसालले आज जावलाखेल खेलमैदानमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको उद्घाटन गर्दै यस्तो आग्रह गरेका हुन् । उनले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्दै आयातलाई निरुत्साहित गर्न सरकार क्रियाशील रहेको बताए।

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ नाराका साथ सुरु भएको मेला यही कात्तिक १८ गते शनिबारसम्म चल्नेछ । पुष्प व्यवसायमा देखिएको बीउबिजनको समस्या पनि सुल्झाउने भुसालको प्रतिबद्धता थियो ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले पुष्पखेतीमा लगानीको वातावरण बनाउन सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । उनले बजारमा प्लास्टिकका फूलको आयातमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरे । हरेक वर्ष १० देखि १५ प्रतिशतसम्म फूलको माग बढीरहेको छ ।

देशका ४८ जिल्लामा दुई सय २१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको एसोसिएनले जनाएको छ । पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ४४ हजारले रोजगारी पाएका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  १० : ५२ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर