पोखरामा पुष्प मेला आयोजना गरिँदै  « Khabarhub

पोखरामा पुष्प मेला आयोजना गरिँदै 


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

गण्डकी– तिहारको पूर्वसन्ध्यामा पोखरामा ‘सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौथो गण्डकी प्रादेशिक पुष्प मेला–२०८०’ आयोजना गरिने भएको छ । 

फ्लोरीकल्चर एशोसिएसन नेपाल जिल्ला समिति कास्कीले यही कात्तिक १७ देखि २० गतेसम्म पोखरा रङ्गशालामा मेला सञ्चालन गर्न लागेको हो ।

पुष्प व्यवसायको विस्तार तथा बजार प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रदर्शनी मेलाको आयोजना गरिएको एशोसिएसनका अध्यक्ष डिलबहादुर गुरुङले बताए । उनका अनुसार मेलामा फूलका २०, कृषिका तीन र सूचनामूलक एक गरी २४ प्रदर्शनीकक्ष रहनेछन् ।

‘गोदावरी फूलका विभिन्न प्रजातिका फूल र बिरुवासहित अहिलेको याममा फुल्ने सयपत्री तथा मखमली फूलको प्रदर्शनी तथा बिक्रीवितरण हुनेछ’, अध्यक्ष गुरुङले भने, ‘बीस हजार बढीले पुष्प प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा लिइएको छ ।’

एशोसिएसनका पूर्वअध्यक्ष दया दुवाले ‘सुन्दर नगरी पोखराको पहिचान, व्यावसायिक प्रवर्द्धनमा गोदावरीको शान’ भन्ने नाराका साथ प्रदेशस्तरीय पुष्प मेला आयोजना गर्न लागिएको बताए । मेलाबाट पुष्प व्यवसाय गर्न चाहने किसान तथा फूलप्रति अभिरुचि राख्ने ग्राहकले प्रत्यक्ष लाभ लिने उनको भनाइ छ ।

फूलखेती र एशोसिएसनले गर्दै आएका गतिविधिबारे पनि प्रदर्शनीस्थलमा जानकारी दिइने पूर्वअध्यक्ष दुवाले बताए । ‘पछिल्लो समय पोखरामा पुष्प व्यवसायप्रति आकर्षण बढेको छ, नर्सरीबाट बिरुवा लगेर गाउँगाउँमा फूल उत्पादन गर्ने किसान पनि उत्तिकै छन् ।’

तिहारका बेला भने माग धान्न नसकिने भएकाले भारतबाट फूल आयात गर्नुपर्ने अवस्था रहेको व्यवसायी बताउँछन् । एशोसिएसनका अनुसार गण्डकी प्रदेशमा ४८ नर्सरी सञ्चालन गर्ने पुष्प व्यवसायी छन् । नर्सरीबाट बिरुवा लगेर फूल उत्पादन गर्ने किसानको सङ्ख्या भने धेरै छ ।

व्यवसायी दुवाले उन्नत बीउबिजन र आधुनिक खेती प्रविधिले पुष्प व्यवसाय फस्टाउँदै गएको बताए । उनले छिटो फुल्ने हुँदा किसानको आकर्षण उन्नत जातका फूलमा रहेको उल्लेख गरे । 

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ७ : १५ बजे

सांगीतिक साँझमार्फत् आशा भोसलेको स्मरण

काठमाडौं– काठमाडौंमा मासिक ‘कला संवाद’ कार्यक्रमअन्तर्गत दिवंगत गायिका आशा भोसलेलाई

आज केही स्थानमा बादल लागे पनि मौसम मुख्यतया सफा रहने

काठमाडौँ – आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी

हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, सैन्य जहाजलाई भने अझै रोक

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज

शुभमन गिलको विष्फोटक ब्याटिङ : कोलकातामाथि गुजरात ५ विकेटले विजयी

हमदाबाद – कप्तान शुभमन गिलको विष्फोटक ब्याटिङ मद्दतमा गुजरात टाइटन्सले

सर्वोच्चले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकताका दिनुका तीन आधार

काठमाडौँ – सर्वोच्च अदालतले नेपाली कांग्रेसको विवादमा गगन थापा नेतृत्वको