आईसीसी विश्वकप क्रिकेट : आज दक्षिण अफ्रिका र न्यूजिल्याण्ड खेल्ने « Khabarhub

आईसीसी विश्वकप क्रिकेट : आज दक्षिण अफ्रिका र न्यूजिल्याण्ड खेल्ने


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल भारतको महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम पुणेमा दिउँसो सवा २ बजे सुरु हुनेछ ।

आजको खेलमा दुवै टोली सेमिफाइनलको यात्रा सुनिश्चित गर्ने उद्देश्यका साथ मैदानमा उत्रँदै छन् । आज पराजित हुने टोलीले सेमिफाइनलमा प्रवेश गर्नका लागि अर्को खेल कुर्नुपर्ने हुन्छ । 

जारी विश्वकपमा ६ मध्ये ५ खेल जितेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ भने ४ खेल जितेको न्युजिल्याण्ड तेस्रो स्थानमा छ । 

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच एकदिवसीय विश्वकपमा अहिलेसम्म ८ खेल भएका छन् । जसमा न्युजिल्यान्ड ६ र दक्षिण अफ्रिका दुई खेलमा विजयी भएका थिए । 

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ७ : ४९ बजे

अफगानिस्तानमा घरको छाना खस्दा ४ जनाको मृत्यु

एजेन्सी – अफगानिस्तानको दक्षिणी प्रान्त कन्दाहरमा शनिबार एक घरको छाना

गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु

एजेन्सी– गाजा पट्टीमा शनिबार भएको इजरायली हवाई आक्रमणमा ११ जनाको

निर्वाचन आचारसंहिता कार्यान्वयनमा भोजपुरका सबैपक्ष प्रतिबद्ध

भोजपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

रास्वपाका दर्जनौँ नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश

राजविराज– राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुपुर गाउँपालिका अध्यक्ष पदका प्रत्यासी मुनिलाल

तेस्रो मुलुकका नागरिकलाई छ वर्षपछि खुल्यो जमुनाह नाका

नेपालगञ्ज– जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु भएको