वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणालीमा समस्या « Khabarhub

वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणालीमा समस्या


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा प्राविधिक समस्या आएको छ ।

उक्त समस्याका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि आवश्यक पर्ने अनलाइन प्रणालीका कागजात एवं अन्य काम गर्न नसकिएको विभागका शाखा अधिकृत भीमबहादुर शाहीले जानकारी दिए । उनका अनुसार फेमिसमा बायोमेट्रिक डेस्क एप्लिकेशनबाट हुने गरेको श्रमिकको ओरेन्टेशन र बायोमेट्रिकको कनेक्सनमा समस्या आएकाले पुनःसञ्चालनको लागि काम भइरहेको छ ।  

फेमिसमा देखिएको समस्याकै कारण वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिको काम भने पूर्णरुपमा प्रभावित नभएको उनले बताए। अधिकृत शाहीले, ‘काम पूर्णरुपमा असर परेको छैन, केही समस्या भएको छ, प्राविधिक साथीहरूले केही दिन यतादेखि काम गरिरहेका छन् ।’

यसैगरी विभागले एक सूचना जार गरी नयाँ र पुनः श्रम स्वीकृतिको लागि फेसिम प्रणालीमा बायोमेट्रिक सेक्सनलाई स्किप गर्ने र ओरेन्टेशन सेक्सनको लागि विभागमा दर्ता भएका अभिमुखीकरण संस्थाहरुबाट जारी गरेको दुई दिने अभिमुखीकरण तालिम लिएको प्रमाणपत्र फेमिस प्रणालीमा अपलोड गर्ने व्यवस्था मिलाइएकाले सोही बमोजिम गर्नु गराउन हुन सबैलाई अनुरोध पनि गरेको छ । 

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  २ : २७ बजे

वैदेशिक सहायता राष्ट्रिय प्रणाली र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाललाई प्राप्त हुने वैदेशिक सहायता

सत्तामा जो आए पनि कसैलाई फसाउने, कसैलाई बचाउने माध्यम बन्नबाट अख्तियारलाई जोगाउनुपर्छ : कानुनमन्त्री

काठमाडौं– कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियारको डरले

अर्का सुकुम्वासीले पनि गरे आत्महत्या

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको

वैदेशिक सहायता परिचालन हुनेगरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई लेखा समितिको निर्देशन

 काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक

इरानद्वारा ट्रम्पको आर्थिक दबाब नीतिको आलोचना

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप