पूर्वी नेपालका सहरमा पोखराको पर्यटन प्रवर्द्धन गरिने | Khabarhub Khabarhub

पूर्वी नेपालका सहरमा पोखराको पर्यटन प्रवर्द्धन गरिने


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

गण्डकी– होटल सङ्घ पोखराको आयोजना एवम् पोखरा महानगरपालिकाको सहयोगमा पूर्वी नेपालका प्रमुख सहरहरूमा पर्यटन प्रवर्द्धन कार्यक्रम गरिने भएको छ ।

पोखरामा आन्तरिक पर्यटनलाई चलायमान बनाउने लक्ष्यका साथ ‘जाउँ है पोखरा’ कार्यक्रम लिएर यही कात्तिक १६ गते बिहीबारदेखि पाँचदिने अभियानसहित पर्यटन व्यवसायी, सञ्चारकर्मीको टोली पूर्वी नेपाल जान लागेको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।

सङ्घले दुई दशकअघि देखि नेपालभित्रका विभिन्न सहरमा ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गर्दै आएको बताउँदै उनले तत्कालीन समयमा एक प्रतिशत मात्रै रहेको आन्तरिक पर्यटकको आगमन हालसम्म आइपुग्दा ३५ प्रतिशत पुगिसकेको जानकारी दिए।

‘अभियानले पोखरामात्र नभई नेपालका अन्य पर्यटकीय सहरमा पनि महत्वपूर्ण प्रभाव पारेको छ’, उनले भने, ‘कोरोना महामारी लगायतका विभिन्न विपत्तिका कारण प्रभावित पर्यटनलाई आन्तरिक पर्यटनले विशेष योगदान पुर्‍याएको छ ।’

पूर्व नेपालमा गर्न लागिएका प्रवर्द्धनात्मक कार्यक्रमका क्रममा जनकपुर, विराटनगर, बिर्तामोड र धनकुटामा त्यहाँका पर्यटन व्यवसायीबीच अन्तरक्रिया कार्यक्रमसमेत तय गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए । 

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ३ : ०१ बजे

रुपा तालमा माछाको उत्पादन घट्यो

गण्डकी– कास्कीको रुपा तालमा माछाको उत्पादन घट्दै गएको छ ।

ओलीको निष्कर्ष : सयौँ बन्दुक र हजारौँ अपराधी बाहिरै राखेर चुनाव हुन सक्दैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू देश

टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग

काठमाडौं– कैलालीस्थित टीकापुर बहुमुखी क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका  उच्चस्तरीय आयोग

लुटो लुटो अफर : एलजी सपी र सीजी डिजिटलबाट तिहारमा हरेक स्क्र्याचमा खुसीको वर्षा

काठमाडौं–  तिहार पर्वलाई लक्षित गर्दै सीजी डिजिटल र एलजी सपीले

भारत–तालिबान नजिकिँदा पाकिस्तान असन्तुष्ट

इस्लामावाद- अफगानिस्तान र पाकिस्तानबीच हालै भएको दुर्लभ र रक्तपातपूर्ण झडपपछि