टि-२० विश्वकप छनोट : यूएईसँग हङकङ पराजित, सेमिफाइनलमा नेपाल र यूएई भिड्ने « Khabarhub

टि-२० विश्वकप छनोट : यूएईसँग हङकङ पराजित, सेमिफाइनलमा नेपाल र यूएई भिड्ने


१६ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले हङकङलाई पराजित गरेको छ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा हङकङलाई २२ रनले पराजित गर्दै यूएई समूह ‘बी’ को विजेता बन्न सफल भयो । यो जितसँगै यूएईले भोलि हुने सेमिफाइनल खेलमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ५४ रनमा समेटियो ।

हङकङका लागि अन्स्या राथले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ४७ बलमा ८ चौकासहित सर्वाधिक ५९ रन बनाएका हुन् । त्यस्तै एजिज खानले २६ निजाकत खानले २५, तथा नस्रुल्लाह रानाले १३ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । यूएईका अली नासिर र जहुर खानले समान दुई विकेट लिए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रनको योगफल बनाएको थियो । यूएईका लागि वासिल हामिदले सर्वाधिक ५१ रनका योगदान दिए । उनले २९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रन बनाएका हुन् ।

कप्तान मोहम्मद वासिमले २४ बलमा ५ चौका र ३ छक्कासहित ४६ रन जोडे । एलिशान शराफुले २४ बलमा २ चौका र २ छक्कासहित ३४ रन बनाए । वृत्य अरविन्द्यले १९ रन जोड्दा  खालिद शाह ६ तथा आसिफ खान ४ रनमा आउट भए । हङकङका यासिम मुर्तजाले तीन विकेट लिए भने नस्रुल्लाह रानाले दुई विकेट लिए । त्यस्तै एहसान खानले एक विकेट लिए ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  २ : ३३ बजे

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक