सर्वोच्चद्वारा रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न परमादेश « Khabarhub

सर्वोच्चद्वारा रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न परमादेश


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकाललाई आममाफी दिने निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले रिगललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गरेको हो । सर्वोच्चले उनलाई तत्काल पक्राउ गरी थुनामा राख्न परमादेशसमेत जारी गरेको छ ।

संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालगञ्जका चेतन मानन्धरको हत्यामा संलग्न रिगलको कैद सजाय मिनाहा गर्ने निर्णय गरेका थिए ।

रिगलको बाँकी कैद सजाय माफी दिने निर्णय पीडितको हक प्रतिकूल देखिएको सर्वोच्चको ठहर छ ।

आफ्ना पति चेतन मानन्धरको हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र कार्यान्वयन गर्ने राष्ट्रपतिविरुद्ध भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले पछिल्लो आदेश दिएको हो ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ४ : ०३ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको