चीनमा लगातार तेस्रो महिना घरको मूल्यमा गिरावट « Khabarhub

चीनमा लगातार तेस्रो महिना घरको मूल्यमा गिरावट


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनमा लगातार तेस्रो महिना घरको मूल्य घटेको पाइएको छ । चीनको राष्ट्रिय तथ्यांक ब्युरोले जारी गरेको पछिल्लो तथ्यांकअनुसार सेप्टेम्बर महिनामा मुलुकमा घरको मूल्यमा ० दशमलब २ प्रतिशतको गिरावट देखिएको छ । अघिल्लो महिना अगस्टमा यो ० दशमलब ३ प्रतिशतले घटेको थियो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार यस तथ्यांकबाट पछिल्लो समय संकटबाट गुज्रिरहेको चीनको घरजग्गा क्षेत्र अझै सुदृढ हुन नसकेको देखिएको छ ।

कुनै समय चीनको आर्थिक वृद्धिको महत्वपूर्ण हिस्सा ठानिएको घरजग्गा व्यवसायमा पछिल्लो समय गिरावट आएको छ । सन् २०२० यता कठोर सरकारी नियमनको सामना गरिरहेको यस क्षेत्रलाई पुनः चलायमान बनाउन सरकारले प्रयास गरेपनि असफल हुन नसकेको रोयटर्सको विश्लेषण छ ।

चीनमा सेप्टेम्बर र अक्टोबर महिनामा अन्य समयको तुलनामा बढी नयाँ घरको कारोबार हुने गरेको बताइन्छ । तथ्यांकमा उल्लेखित ७० मध्ये ५४ सहरमा घरको मूल्यमा गिरावट देखिएको छ ।

यसअघि अगस्ट महिनामा ७० मध्ये ५२ सहरमा घरको मूल्यमा गिरावट देखिएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  १२ : २६ बजे

भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने अयोध्या पुगे

काठमाडौँ– भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ – विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका

एसईईमा जफत करोड मूल्यका मोबाइल फिर्ता नगरी पानीमा डुबाएर नष्ट !

काठमाडौँ – कार्यालय सिरहाको प्राङ्गणमा स्थानीय जनप्रतिनिधि, शिक्षा समितिका पदाधिकारी

रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट

काठमाडौँ– भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने

काठमाडौँ – मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय