रेशम चौधरीको अन्तिम सुनवाइ कार्तिक २३ गते « Khabarhub

रेशम चौधरीको अन्तिम सुनवाइ कार्तिक २३ गते


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारको सिफारिसमा कैद कटीसहित आम माफी पाएका रेशम चौधरीको मुद्दाको अन्तिम सुनवाई अर्को साता हुने भएको छ । सर्वोच्च अदालतले सर्बश्वसहित जन्मकैदको फैसाला सुनाइएका नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीको मुद्दाको अन्तिम सुनवाई कार्तिक २३ गते हुँदैछ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आममाफी विरुद्ध ‘कैलाली नरसंहार’ मा मारिएका तत्कालीन प्रहरी एसएसपी लक्ष्मण न्यौपानेका आफन्तले दिएको मुद्दाको सुनवाई कार्तिक २३ गते हुन लागेको हो ।

कानुनी व्यावसायी राधिका खतिवडा लगायतका दर्जनौं कानुन व्यावसायीहरूले विधिको शासन स्थापित गराउन न्यौपानेको परिवारको पक्षबाट निःशुल्क वकालत गर्दै आएका छन । 

प्रहरी एसएसपी न्यौपानेसहित सो नरसंहारमा एक बालक हत्यासहित ९ जनाको निर्मम तरिकाले हत्या गरिएको थियो । सो अभियोगमा तत्कालीन प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरी आफ्नो कार्यकालभर थुनिएका थिए । 

तर, सर्वोच्चले जन्मकैदको फैसाला सुनाएको केही दिनमा नै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनलाई बाँकी कैद मिनाहा गरी आममाफी दिएको थियो । जसको विरुद्ध परेको रिटमाथि कार्तिक २३ गते अन्तिम सुनवाई हुन लागेको हो । 

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ९ : ०३ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले