धार्मिक पर्यटकीयस्थलको विकास र प्रचारप्रसार गरिनुपर्छ : अध्यक्ष ओली « Khabarhub

धार्मिक पर्यटकीयस्थलको विकास र प्रचारप्रसार गरिनुपर्छ : अध्यक्ष ओली


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिपुरासुन्दरी आफैँमा पवित्र पर्यटकीय गन्तव्य भएकाले यस ठाउँको विकास गरिनुपर्नेमा जोड दिएका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ मा आयोजित प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेलाको उद्घाटन गर्दै उनले धार्मिक, सांस्कृतिक एवं पर्यटकीय महत्व भएका स्थलको विकास एवं प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताएका हुन् ।

अध्यक्ष ओलीले एमालेको नेतृत्वमा मात्रै बूढीगण्डकी जलविद्युत् आयोजनाको कामअघि बढ्ने दाबी गरे । अहिलेको सरकारले बूढीगण्डकी आयोजनालाई चासो नदिएको उनले बताए । आफू प्रधानमन्त्रीबाट हटेपछि बूढीगण्डकी जलविद्युत् परियोजनाको अघि बढेको काम रोकिएको उनको भनाइ छ ।

कात्तिक १७ गते देखि २७ गतेसम्म सल्यानटारमा हुने मेला हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा पहिलो पटक सल्यानटारमा कृषि प्रदर्शनी तथा व्यापार मेला सुरु भएको हो । मेलामा ९० कक्ष रहेको छ । ५० हजारले अवलोकन गर्ने र १० करोडको कारोबार हुने अनुमान गरिएको आयोजक समितिका संयोजक लक्ष्मीकिशोर श्रेष्ठले जानकारी दिए ।

मेलाको आकर्षको रुपमा स्थानीय उत्पादन, सल्यानटारको मास, झुसे,  तिल, घैया लगायतका प्रदर्शनी र बिक्री गरिने छ । कृषिमा अत्याधुनिक प्रविधि धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेसिन, थोपा सिँचाइ, हाइड्रोपोनिक्स, मौरीपालन, जैविक मल आदिको प्रदर्शनी, कृषि डिजिटाइजेसनको लागि जियो कृषि एपका बारेमा कृषकलाई जानकारी तथा प्रदर्शनी रहेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ६ : ०३ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था