नक्लकी नेपाली नोटसहित ६ भारतीय पक्राउ | Khabarhub Khabarhub

नक्लकी नेपाली नोटसहित ६ भारतीय पक्राउ


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

झापा – प्रहरीले नक्लकी नेपाली नोटसहित झापामा छ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । झापा गाउँपालिका–१ सितुमारीबाट नक्लकी नेपाली नोटसहित छ जना भारतीय नागरिक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारत किसनगञ्ज थानाका २४ वर्षीय अन्जर आलम, दीघल बैंक मंगोराका १९ वर्षीय अजरत अली, १८ वर्षीय महबुल हक, पूर्णियाथानाका १९ वर्षीय परवेज आलम, २२ वर्षीय साकिब आलम र २० वर्षीय आजमल हक रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिाजलले जानकारी दिए ।

भारतीय नम्बरको २ वटा मोटरसाईकलमा नेपाल आएका उनीहरुलाई ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा आलमको साथबाट एक हजार दरको तीन थान नेपाली नक्कली नोट बरामद भएको थियो ।

नक्कली नोट फेला परेसँगै अन्य पाँच जनाको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको र उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ८ : ३८ बजे

भुल्केका १०७ घरमा विद्युत् जडान

भोजपुर– भोजपुरको रामप्रसाद राई गाउँपालिका–३ भुल्केमा वडाको सक्रिय पहलमा १०७

ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी : छानबिनमा परेपछि के के बोल्दै हिँड्न थालेका छन्

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारको छानबिन अघि बढाएपछि केही नेताहरू

‘सरकारको काम चुनाव गराउने मात्रै होइन, भ्रष्टाचारीलाई कारबाही नथाले फेरि आन्दोलनमा उत्रिन्छौँ’

काठमाडौं- जेनजी आन्दोलका घाइतेहरूले प्रधानमन्त्री सुशीला कार्कीमाथि भ्रष्टाचारमा संलग्नमाथि कारबाही

‘जेरी अन टप’लाई दर्शकको साथ

काठमाडौं– तिहारलाई लक्षित गर्दै गत  असोज ३१ गतेदेखि प्रदर्शनमा आएको

चुनाव सफल पार्न दलहरूले सरकारलाई सहयोग गर्नुपर्छ : वर्षमान पुन 

काठमाडौं- नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य एवं पूर्व अर्थमन्त्री वर्षमान