दुई अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन ढाँचाबारे उच्चस्तरीय छलफल « Khabarhub

दुई अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन ढाँचाबारे उच्चस्तरीय छलफल


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दुई अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन ढाँचाबारे आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उच्च सरकारी अधिकारीबीच छलफल भएको छ ।

पर्यटनमन्त्री सुदन किरातीले बोलाएको बैठकमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनको ढाँचा र विभिन्न विकल्पबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

बैठकमा मुख्यसचिव डा बैकुण्ठ अर्याल, अर्थसचिव कृष्णहरि पुष्कर, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा सहभागी हुनुहुन्थ्यो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार नयाँ विमानस्थललाई नियमित सञ्चालनको वातावरण बनाउन सबै अङ्गको महत्वपूर्ण भूमिका रहेकाले प्रभावकारी विकल्पका बारेमा छलफल भएको छ ।

व्यावसायिक रुपमा सञ्चालनमा आएका दुवै विमानस्थलले राम्रो विजनेस पाएका छैनन् । गौतमबुद्ध विमानस्थलमा हाल नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अझै व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएको छैन ।

“नयाँ अन्तर्राष्ट्रिय विमानस्थल कसरी र कुन ढाँचाबाट सञ्चालन गर्ने भन्नेबारे गम्भीर छलफल भयो, कुनै निष्कर्ष निक्लिएको छैन, प्राधिकरणले विमानस्थल गर्ने हो, विमानस्थलको सञ्चालन व्यवस्थापन गर्नु राज्यको दायित्व हो त्यसैले सबै निकायको सक्रियता जरुरी हुन्छ”, प्राधिकरणका सूचना अधिकारी भूलले बताए ।

उनले नयाँ विमानस्थल सञ्चालन गर्न श्रम, पर्यटन, परराष्ट्रसहितका निकायले गर्नुपर्ने भूमिकाबारे पनि बैठकमा छलफल भएको बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ९ : ४८ बजे

म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजलामा पर्यटकको चहलपहल बढ्न

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

बाँके– सिँचाइ सुविधाको विस्तारसँगै बाँकेका किसानले वर्षमा तीन बाली खेती

संगठन खारेजीविरुद्ध विद्यार्थी नेताको टिप्पणी- ‘रुघा लाग्दा सरकारले नाक नै काट्न खोज्यो’

काठमाडौं- सोमबार प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालयका उपकुलपतिलाई सिंहदरबार बोलाएर विद्यार्थी

ठूलीपोखरी–खौला सडक : वैशाख १० देखि ३० गतेसम्म आवतजावतमा रोक

पर्वत– तीन दशकअघि मार्ग खुलेको पर्वतको दोविल्ला–सिल्मी–ठूलीपोखरी–खौला–कार्कीनेटा सडकअन्तर्गत ठूलीपोखरी–खौला खण्ड