राष्ट्रपतिले युरोप भ्रमण रद्द गरी बचेको रकम राहत र उद्धारमा खर्च गर्नु राम्रो हुन्छ : रवीन्द्र मिश्र « Khabarhub

राष्ट्रपतिले युरोप भ्रमण रद्द गरी बचेको रकम राहत र उद्धारमा खर्च गर्नु राम्रो हुन्छ : रवीन्द्र मिश्र


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण रद्द गरी भूकम्प पीडितको राहत र उद्धारमा जुट्न सुझाव दिएका छन् ।

उपाध्यक्ष मिश्रले सामाजिक सञ्जालमार्फत् राष्ट्रपति पौडेलेको युरोप भ्रमण रद्द गरी त्यसबाट बचेको रकम राहत र उद्धारमा खर्च गर्न सुझाव दिएका हुन् । उनले आफ्नो पार्टीले संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको नेतृत्वमा स्वयंसेवक टोलीलाई भूकम्प प्रभावित क्षेत्रमा खटाएको जानकारीसमेत दिए ।

‘भूकम्पका कारण जाजरकोट, रूकुमलगायत पश्चिम नेपालका विभिन्न स्थानमा भएको व्यापक धनजनको क्षतिले मर्माहत बनाएको छ । यो संकटको घडीमा जहाँबाट जसरी सकिन्छ, सबै मिलेर सहयोग गरौं ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, राष्ट्रपतिले यो राष्ट्रिय पीडाको घडीमा युरोप भ्रमण रद्द गरेर त्यसबाट बच्ने करोडौं रकम राहत र उद्धारमा खर्च गर्नु राम्रो हुन्छ । राप्रपाले संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको नेतृत्वमा स्वयंसेवकहरूको टोली खटाएको छ ।’

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  २ : १२ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब