भूकम्पग्रस्त क्षेत्रमा नेता र मन्त्रीको भिड देखेर उदेक लाग्छ : कमल थापा « Khabarhub

भूकम्पग्रस्त क्षेत्रमा नेता र मन्त्रीको भिड देखेर उदेक लाग्छ : कमल थापा


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज नेपालगञ्जमा गर्ने भनिएको विरोधसभालाई श्रद्धाञ्जलीसभामा परिणत गरेको छ।

श्रद्धाञ्जलीसभामा बोल्दै पार्टी अध्यक्ष कमल थापाले भूकम्पग्रस्त क्षेत्र जाजरकोट र रुकुममा मन्त्री र नेताहरुको भिड देखेर उदेक र दिक्क लाग्ने बताएका छन् ।

तत्काल उद्धार र राहतमा ध्यान दिन पर्नेमा उल्टो सुरक्षा संयन्त्र नै अलमलमा पर्ने गरी नेताहरुको भिड लाग्नु अनावश्यक भएको टिप्पणी गर्दै थापाले अहिले सस्तो सहानुभूतिको राजनीति गर्ने समय नभएको समेत बताए ।

‘स्थानीय कार्यकर्ता परिचालन गरौँ, सरकारी संयन्त्र, सुरक्षा अङ्गलाई सहयोग गरौँ, सकिन्छ भने औषधि खाद्यान्न पठाइदिउँ, डिस्टर्ब हुने काम नगरौं,’ थापाले भने ।

कार्यक्रममा बोल्दै थापाले यथास्थितिबाट मुलुक अघि बढ्न नसक्ने बताए । भ्रष्टाचार, कुशासन, बेरोजगारी ,महङ्गीको अन्त्य आजको प्रमुख आवश्यकता भएको भन्दै यसको लागि अब जनआन्दोलनको विकल्प नभएको उनको भनाइ छ । कार्यक्रममा पार्टीका नेताहरु तारानाथ लुईटेल, राजाराम बर्तौला, रमेश अर्याल, हिक्मत ढकाल, लक्ष्मी हमाल, आशा विष्ट, दिपेन्द्रबहादुर सिंहलगायतले बोलेका थिए ।

कार्यक्रममा भूकम्पमा परी दिवङ्गत भएकाको आत्माको चीर शान्तिको कामना र घाइतेहरुको स्वास्थ लाभको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ३ : ०४ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको