पाकिस्तान अधिनस्थ कश्मीरमा सरकार विरोधी प्रदर्शन | Khabarhub Khabarhub

पाकिस्तान अधिनस्थ कश्मीरमा सरकार विरोधी प्रदर्शन


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मुजफ्फरवाद- पाकिस्तान अधिनस्थ कश्मीरमा व्यापक सरकार विरोधी प्रदर्शन भएको छ । भारी वर्षाको परवाह नगरी हजारौँ विद्यार्थीले पाकिस्तान अधिनस्थ कश्मीरमा प्रदर्शन गरेका हुन् ।

आफ्नो क्षेत्रमा कायम अन्याय, मुद्रास्फीति, उच्च बेरोजगारी र बढ्दो उग्रवाद नियन्त्रण गर्न नसकेको भन्दै पाकिस्तान सरकारविरुद्ध विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले सन् १९६२ मा कश्मीरमा निःशुल्क विद्युत प्रदान गर्ने पाकिस्तान सरकारले गरेको बाचा पूरा नभएकोसमेत जनाएका छन् । उनीहरुले गहुँको पिठोलगायत अत्यावश्यक खाद्यान्नमा अनुदान दिनसमेत सरकारसँग माग गरेका छन् ।

भारतीय समाचार संस्था टाइम्स अफ इन्डियाले जनाएअनुसार पछिल्लो समय बढ्दो महङ्गी, दण्डहीनता र आर्थिक चुनौतिका कारण पाकिस्तान अधिनस्थ कश्मीरमा सरकारप्रति आक्रोश बढ्दै गएको छ ।

प्रदर्शनमा विद्यार्थीसँगै मजदुर, नागरिक समाजका सदस्यहरु, स्थानीय बासिन्दाहरुको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १२ : २३ बजे

स्नान गरी चोखो खाएर सुरु भयो चारदिने छठ पर्व

काठमाडौं – चारदिने छठ पर्वको पहिलो दिन आज बर्तालुले स्नान

पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा तीनको मृत्यु

काठमाडौं – पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको

प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए

पाल्पा – यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी

आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै

तनहुँ – जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ