भूकम्पपीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने राप्रपाको निर्णय « Khabarhub

भूकम्पपीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने राप्रपाको निर्णय


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले जाजरकोटमा गएको भूकम्पबाट पीडित भएकाहरुलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको केन्द्रीय पदाधिकारी बैठकले जाजरकोट भूकम्पपीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकले जाजरकोटमा गएको भूकम्पबाट प्रभावित परिवारलाई राहत पुर्‍याउन पार्टीका संघीय सांसद तथा प्रदेशसभा सदस्यहरुको एक महिनाको तलब र पार्टीकोतर्फबाट गरी २५ लाख रुपैयाँ नेपाल सरकारलाई प्रदान गर्ने निर्णय गरेको पार्टी प्रवक्त मोहन श्रेष्ठले जानकारी दिए ।

भूकम्पले जाजरकोट तथा रुकुम पश्चिममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राप्रपाले भूकम्पका कारण ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

साथै उद्धार, खोजतलासका कार्यहरु गर्न, घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न र राहत एवं पुनःस्थापनाका कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नेपाल सरकारको राप्रपाले ध्यानाकर्षण गराएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा पार्टीको तर्फबाट सहयोग गर्न जाजरकोट जिल्लाका लागि प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) को संयोजकत्वमा र रुकुम पश्चिम जिल्लाका लागि पार्टीका सहायक महामन्त्री सौरेनबहादुर शाहको संयोजकत्वमा जनपरिचालन गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  १ : ५३ बजे

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

झापा– माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

भोजपुर– परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका