नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट | Khabarhub Khabarhub

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ४६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २६ दशमलव २३ मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ३६ अङ्कले ओरालो लागेर तीन सय ५२ दशमलव ३९ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज एक उपसमूहको शेयर मूल्य उकालो लाग्दा १२ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ । नेप्सेका अनुसार विभिन्न कम्पनीका कूल ३५ लाख ५८ हजार पाँच सय ५४ कित्ता शेयर रु ९७ करोड २३ लाख ६७ हजार दुई सय ७८ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबार रकमका आधारमा नबिल बैंकको संस्थापक शेयर शीर्ष स्थानमा छ । सो बैंकको रु चार करोड ६० लाख ८० हजार बराबरको कारोबार भयो । ग्लोबल आइएमई बैंक रु तीन करोड १७  लाख ७९ हजार आठ सय ७४, एनआइसी एशिया बैंक रु तीन करोड तीन लाख ८० हजार दुई सय १०, हिमालयन डिस्टिलरी रु दुई करोड ८९ लाख ५९ हजार चार सय २४ र नवील बैंक रु दुई करोड ८७ लाख ५२ हजार बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार एनआइसी एशिया लघुवित्त छ दशमलव ९७, तारागाउँ रिजेन्सी होटल पाँच दशमलव ४७, माया खोला हाइड्रोपावर चार दशमलव २५, एशियन हाइड्रोपावर तीन दशमलव ७५ र नेशनल लघुवित्तका लगानीकर्ताले दुई दशमलव ५७ प्रतिशतले कमाएका छन् । हिमालयन लघुवित्त १०, बाराही लघुवित्त सात दशमलव ९८, युनाइटेड आइडीआइ मर्दी हाइड्रोपावर छ दशमलव ७६, नवील ब्यालेन्स फण्ड दोस्रो पाँच दशमलव ७३ र सबैको लघुवित्तका लगानीकर्ताले पाँच दशमलव ५६ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ३ : ५८ बजे

घट्यो सुनको मूल्य

काठमाडौं– सुनको मूल्य तोलामा चार हजार ८०० रुपैयाँले घटेको छ ।

असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छ : प्रचण्ड

ललितपुर– नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल

लहानमा ‘ओभरपास’ र्निर्माण पुनः सुरु

सिरहा– पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानमा तीन महिनादेखि

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

दाङ– दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण

कुलमानको एक्सन : सडक र पुलका थप ५० वटा ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौं – सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी