टिकटकमा समाजिक सद्भाव भड्काउने पोष्ट बढ्न थालेपछि सरकारको कडाइ « Khabarhub

टिकटकमा समाजिक सद्भाव भड्काउने पोष्ट बढ्न थालेपछि सरकारको कडाइ


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- समाजिक सञ्जाल टिकटकमार्फत समाजिक सद्भाव भड्काउने पोष्टहरू बढ्न थालेको भन्दै सरकारले कडाइ गरेको छ । गृह मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै अब टिकटकमा घृणा र द्वेष फैलाउने प्रकृतिका सामग्री पोष्ट गरे स्वतः हट्ने व्यवस्था गर्न लागिएको जानकारी दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायण प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जाल टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्री राख्ने र त्यस्ता कार्य गर्ने व्यक्ति पत्ता लगाई कानूनी कारवाहीको दायरामा ल्याउन लागिएको जनाइएको छ ।

सामाजिक सञ्जालमा सम्प्रेषण गरिएका सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै कतिपय अवस्थामा व्यक्तिको चरित्र हत्या गर्ने, शान्ति सुरक्षाको अवस्था बिगार्ने, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्र हितमा प्रतिकूल असर पार्नेलगायतका दुष्प्रभाव सिर्जना गर्ने भएकाले यस्तो व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जिम्मेवार नागरिकको रूपमा कानुनसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नबिगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न आग्रह गरेको छ । अन्यथा गैरकानुनी कार्य गरेबापत हुने कानुनी कारबाहीबाट बच्नसमेत मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ६ : ५६ बजे

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने