भूकम्पमा परी ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार | Khabarhub Khabarhub

भूकम्पमा परी ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – भूकम्पमा परी ज्यान गुमाएका नलगाड नगरपालिका–१ चिउरी गाउँका १३ जनाको सामूहिक दाहसंस्कार गरिएको छ । नलगाड नदीको किनारमा उनीहरूको दाहसंस्कार गरिएको हो ।

चिउरी गाउँमा एकै परिवारका चार जनासहित पाँच बालबालिका, चार महिला र चार पुरूषको घटनास्थलमै मृत्यु भएको थियो । एकै वडाका १७ जनाको मृत्यु भएकोमा चिउरी गाउँका मात्र १३ जना थिए ।

नलगाडको वडा नम्बर १ मा ४५ वर्षीया चन्द्रकली कामी, ५५ वर्षीय हिरे कामी, चार वर्षीयका सुशान्त परियार, आठ वर्षीय विनय परियार, १० वर्षीया सपना विक, १६ वर्षीया अमृता पुन, चार वर्षका विशाल विक, २४ वर्षीया मनिषा विक, २३ वर्षीय सुजल विक, ५८ वर्षका दत्तबहादुर कुमाइको निधन भएको थियो ।

चौबीस वर्षीय भीमसेन विक, चार वर्षका सन्दीप विक, २१ वर्षीया कमला विक, सात वर्षीय प्रदेश विक, १४ वर्षीया विमला विक र १२ वर्षीय सुनिल विकको पनि शुक्रबार राति नै घरमा पुरिएर मृत्यु भएको थियो । चौध वर्षीया विनिता पुनको पनि भूकम्पममा पुरिएर शुक्रबार राति नै ज्यान गएको हो ।

अधिकांश दलित समुदायको यस गाउँमा बसोबास छ । माटोले निर्माण गरिएका परम्परागत घर भएका कारण कुनै उक्त गाउँका कुनै पनि घर सक्लो छैन । भूकम्पको असर सबैभन्दा बढी नलगाड नगरपालिकामै परेको छ ।

अहिले मृतकका आफन्त, घाइतेका आफन्त तथा अन्य प्रभावितहरू खुला आकाशमा बसीरहेका छन् । राहत सामग्री अहिलेसम्म पीडित समक्ष पुग्न सकेको छैन । पराकम्पन जाने क्रम जारी रहेका कारण सर्वसधारण त्रसित छन् । अन्न, लत्ताकपडा, भाँडाकुडा सबै घरसँगै पुरिएको अवस्थामा रहेको पीडित परिमल विकले बताए।

मृत्यु हुनेमा अधिकांश बालबालिका र वृद्धवृद्धा रहेका छन् । नलगाड नगरपालिकामा मात्र ५४ जनाको मृत्यु भएकामा १७ जना वडा नम्वर १ मा मात्र भएको छ । प्रतिमृतकका परिवारलाई क्रिया खर्चवाफत १० हजार आर्थिक सहयोग गर्ने नलगाड नगरपालिकाले निर्णय गरेको छ । नलगाड नगरपालिकाभित्रका ९० प्रतिशत घर पूर्ण तथा आशिंक रुपमा क्षति भएको नगरप्रमुख डम्बर रावतले बताए।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ९ : २० बजे

कोशी प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य

विराटनगर – कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य भएको छ

‘जापानमा रोजगारी गर्न चाँडै नै नेपाली श्रमिक पठाउँछौं’

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले

आजका समाचार : सहकारी छानविन प्रतिवेदन सार्वजनिक, प्रधानमन्त्री राष्ट्रसङ्घतीर र रामकुमारीसँग रिसाए माधव 

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त

सीके राउतको गुनासो- संविधानमा भएका अधिकार पनि खोस्ने खेल हुँदैछ

जनकपुरधाम– जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले संविधानमा भएका अधिकार पनि

रविले ग्यालेक्सी टिभीबाट तलब नै लिएका थिए एक करोडभन्दा बढी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी