इजरायलमा फसेका नागरिकको उद्धार गर्न बेवास्ता गरेको भन्दै चीनको आलोचना बढ्दै « Khabarhub

इजरायलमा फसेका नागरिकको उद्धार गर्न बेवास्ता गरेको भन्दै चीनको आलोचना बढ्दै


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- द्वन्द्वग्रस्त मुलुक इजरायलमा फसेका आफ्ना नागरिकको उद्धार गर्न बेवास्ता गरेको भन्दै चीनको आलोचना सुरु भएको छ । गत अक्टोबर ७ मा हमासको आक्रमणसँगै द्वन्द्व सुरु भएपनि आफ्ना नागरिकको उद्धार गर्न बेवास्ता गरेको भन्दै चीनको आलोचना सुरु भएको हो ।

चीन सरकारले इजरायलमा असुरक्षित रुपमा रहेका आफ्ना नागरिकलाई आफ्नै खर्चमा टिकट काटेर स्वदेश फर्कन आग्रह गरेको छ ।

भ्वाइस अफ अमेरिकाका अनुसार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनका क्रममा इजरायमा फसेका आफ्ना नागरिकलाई स्वदेश फर्किने व्यवस्था आफैँ गर्न आग्रह गरेपछि आलोचना भएको छ ।

अमेरिका, अर्जेन्टिना, ताइवानजस्ता मुलुकले भने तत्परता देखाउँदै इजरायलमा फसेका आफ्ना नागरिकको उद्धारमा लागि परेका छन् ।

चिनियाँ विदेश मन्त्रालयको आग्रहसँगै इजरायलमा रहेका चिनियाँ नागरिकहरु क्रुद्ध भएको भ्वाइस अफ अमेरिकाले जनाएको छ । उनीहरुले इजरायलमा रहेको चिनियाँ दूतावासबाट पनि आफूहरुले कुनै सहयोग प्राप्त नगरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  १२ : ५४ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन